Advertisement
विज्ञापन

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक द्वारा लक्ष्मी कोइरालालाई विमा बापतको रकम हस्तान्तरण



Advertisement
विज्ञापन

बुटवल । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड भैरहवा शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बापतको बीमा रकम हस्तान्तरण गरेको छ ।

जिल्ला अदालत रुपन्देही भैरहवामा कार्यरत दामोदर कोइरालाको दुर्घटनामा मृत्यु भएपछि कोइरालाकि आमा लक्ष्मी कोइरालालाइ बैंकले विमा बापतको रकम हस्तान्तरण गरेको हो ।


Advertisement
Advertisement
Advertisement

कोइरालाको स्थायी घर बिरुवा गाउंपालिका–३ चिन्नेबास स्याङ्जा हो ।

रकम हस्तान्तरण कार्यक्रममा जिल्ला अदालत रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीश कृष्णराम कोइराला, न्यायाधीश डा. श्रीप्रकाश उप्रेती, प्रशासकिय अधिकृत अनन्तराज मरासिनी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का, भैरहवा शाखा प्रबन्धक मिलन कुमार पुनले जिल्ला अदालत परिसरमा बिमा रकमको चेक लक्ष्मी कोइरालालाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरिएको चेक रकम सात लाख रुपैयाको रहेको छ ।

बैंकले ग्राहकको सुरक्षा तथा सुविधालाई मध्यनजर गर्दै कर्मचारी तलबी खाता खोल्ने ग्राहकलाई दुर्घटना बीमा, औषधी उपचार बिमाका साथै बिभिन्न सुविधा समेत दिदै आएको बैंकका प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले बताए ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका देशभर २६० शाखा कार्यालय, ६२ एक्स्टेन्सन काउन्टर, २०३ एटिएम मेसिन र १०७ साखा रहित आउटलेट रहेका छ्न ।त्यस्तै लुम्बिनी प्रदेशमा ३९ शाखा कार्यलय, ०४ एक्स्टेन्सन काउन्टर, ३१ एटिएम मेसिन र १७ साखा रहित बैंकिङ आउटलेट बाट ग्राहकहरुलाइ सरल, सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्काले जानकारी दिए ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad