Advertisement
विज्ञापन

गुल्मी अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई सास्ती



Advertisement
विज्ञापन

गुल्मी । गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् । यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ । केही हप्ता अघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा.राजेन्द्र जिसी सरुवा भएपश्चात अस्पताल कार्यालय प्रमुखविहीन भएको छ ।

दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा अस्पतालमा छात्रवृत्ति करारमा रहेका आठ जना डाक्टरमध्ये केही विदामा, केही तालिममा रहेका कारण अस्पतालमा अहिले विरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन् ।


Advertisement
Advertisement
Advertisement

कुनै बेला राम्रो उपचार हुने यी अस्पतालमा अहिले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था छ। बिरामीहरू निजी क्लिनिक र जिल्लाबाहिरका अस्पतालहरूमा जान बाध्य भएको स्थानीय सुमित्रादेवी पाण्डेले गुनासो गर्नुभयो । छिमेकी जिल्ला अर्घाखाँचीबाट अस्पतालमा सेवा लिन आउनुभएका फर्सीराम पाण्डेले पनि जनशक्ति अभावमा उपचार पाउन समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालमा बिरामीहरूले सहज रूपमा उपचार पाउन नसकेको देखेपछि सरोकारवालालाई फोन गरेर विरामीहरूले सहज रूपमा उपचार पाउने गरी व्यवस्था मिलाउन अनुरोध गरेको रेडियो रेसुङ्गाका स्टेसन म्यानेजर अनिता खत्रीले बताउनुभयो ।

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेले अस्पतालमा जनशक्ति अभाव भएको स्वीकार गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले पछिल्लो समय गुल्मी अस्पतालमा डाक्टरहरूको अभाव हुँदा सहज रूपमा उपचार पाउन नसकेका स्वीकार गर्नुभयो । यस समस्याको समाधान गर्न आफूले समन्वय गरिरहेको उहाँले बताउनुभयो । यता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले गुल्मी अस्पतालको समस्यालाई समाधान गर्ने प्रयास जारी रहेको बताउनुभयो ।

तत्कालका लागि समस्या समाधान गर्न दरबन्दी करारबाट पूर्ति गर्ने र दीर्घकालीन समस्या समाधान गर्नका लागि प्रदेश लोकसेवाबाट पदपूर्तिको तयारी भइरहेको उहाँको भनाइ छ । डाक्टरहरूको सङ्ख्या पनि कम भएको र त्यसैमा पनि पहाडमा जान नखोज्नु अर्को रोग भएको पन्थीले बताउनुभयो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad