पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाउन शुरु
२०३५
काठमाडौं । पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन ।
योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरुबाट पनि शुरु हुनेछ । मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताए । उनले तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताए ।