Advertisement
विज्ञापन

समाजवादी मोर्चाको कुनै भविष्य छैन–बास्तोला



Advertisement
विज्ञापन

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री तथा कमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांगे्रसका सभापति शेरबहादुर देउवाले वाइटबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्दु, एमसीसी, विभिन्न सन्धि, सम्झौता, विदेशीले दिएको अनुदान र आर्थिक सहयोगमा भ्रष्टाचार गरेको दावी गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको बताए । उनले प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको बताए ।

देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताउंदै ललिता निवास, सुन काण्ड सहितका सबै भ्रष्टाचारका काण्डहरु झिसमिस गराइएको बताए । अमेरिका, भारत, बेलायत लगायतका देशबाट देश चलाउन ल्याइएको पैसामा भ्रष्टाचार टासिएर आएको बताउंदै उनले भने – देशको विकासका लागि ल्याइएको पैसा एनजीओ र आइएनजीओमा लगानी भयो ।

उनले संसदीय व्यवस्था रहंदासम्म देशले निकास नपाउने बताउंदै संसदीय व्यवस्थालाई दलाल व्यवस्था भन्दै संसदीय व्यवस्था असफल भएको तर्क गरे ।
व्यवस्था बदलिएपनि देश र जनताको अवस्था नबदलिएकाले देश र जनताको अवस्ता बदल्न संविधान बदल्नु पर्ने दावी गरे ।

देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउं हुनुपर्ने बताउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भैरहेको बताए ।
उनले संसदबादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउंदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताए ।

गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको उल्लेख गर्दै जनगणतन्त्रको व्यवस्था नै आमजनताको उक्तम व्यवस्था भएको नेता धर्मेन्द्र बास्तालेको दावी छ ।

उनले शिक्षा, स्वास्थ्य र आवासको अभावले ८० प्रतिशत नेपाली डिप्रेसनमा रहेको बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad