Advertisement
विज्ञापन

सहर केन्द्रित हुँदै कृषि, ५६ प्रतिशत कृषक परिवार नगरपालिकामा



Advertisement
विज्ञापन

कृषि गणना २०७८ अनुसार १० वर्षमा कृषि गर्ने जग्गा घटेको छ। कृषक परिवारको संख्या बढेको छ।

कृषि गणना २०६८ को तुलनामा कृषक परिवारको संख्या करिब तीन लाख बढेको छ। कृषि कार्य गरिरहेको जग्गा भने तीन लाख हेक्टरले घटेको छ।


Advertisement
Advertisement
Advertisement

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन्। कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेका थिए।

तर, कृषक परिवारको संख्या भने सहरमा केन्द्रित भएको छ। नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका भित्रका किसान परिवार सहरमा पर्छन्।

२०७८ को कृषि गणना संघीयतापछिको पहिलो गणना हो। ७५३ पालिकाबाट नै कृषिका तथ्यांक समावेश गरिएको छ। यो तथ्यांकले किसान परिवारको संख्या सहरमुखी भएको र कृषि जग्गा गाउँमा रहेको देखिन्छ।

को हुन् कृषक परिवार? कसलाई कृषक परिवार भन्ने? राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले कृषक परिवार पहिचान गर्ने क्रममा चार भागमा विभाजन गरेर परिभाषा गरेको बताए जस अनुसार:

हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना र तराईका जिल्लामा कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको परिवार

जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको परिवार

कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको परिवार

चार, माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस, आदि) पालेको परिवार यस आधारमा ४१ लाख तीस हजार कृषक परिवार नेपालमा रहेका छन्।

कृषि गणनाको तथ्यांकअनुसार धेरै कृषक परिवारहरू सहरमा छन्। ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मात्रै पाँच प्रतिशत अर्थात् दुई लाख ६८ हजार किसान परिवारको संख्या छ। २७६ नगरपालिका भित्र ५१ प्रतिशत अर्थात् २१ लाख २१ परिवार र ४६० गाउँपालिका भित्र जम्मा १८ लाख ४१ हजार अर्थात् ४४ प्रतिशत कृषक परिवार  छन्।

सबैभन्दा बढी कृषक परिवार रहेका स्थानीय तहहरूका महानगर, उपमहानगर तथा जिल्लाको सदरमुकाम भएको नगरपालिका छन्। त्यस्तै सबैभन्दा कम कृषक परिवार रहेको स्थानीय तहमा भौगोलिक रूपमा दुर्गम जिल्लाका स्थानीय तहहरू छन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad