Advertisement
विज्ञापन

स्मार्ट युवा क्लब द्धारा खुल्ला तिज गित र नृत्य प्रतियोगिता हुने



Advertisement
विज्ञापन

दिपेन्द्र खत्री,नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा अर्घाखाचीँ जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर -०२ मा रहेको स्मार्ट युवा क्लबले तिज गित प्रतियोगिता कार्यक्रम गर्ने भएको छ । क्लबले यहि भाद्र २३ गते सनिबार डाडाँकटेरी बजारमा तिज गित प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको हो ।

मौलिक लोक संस्कृति हाम्रो पहिचान यसको संरक्षण हाम्रो अभियान ” भन्ने मूल नाराका साथ हिन्दु महिलाको महानपर्व हरितालिका तिज २०८० को उपलक्ष्यमा क्लबले खुल्ला तिज गित प्रतियोगिता कार्यक्रम गर्ने भएको हो ।


Advertisement
Advertisement
Advertisement

नारीहरुको महान् पर्व हरितालिका तीज हराउँदै गएको र नेपाली कला, संस्कृति , भााषा, रितिरिवाज , परम्परालाई जोगाइ राख्न कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएको यस कार्यक्रमलाई थप निरन्तरता दिन यस वर्ष पनि खुल्ला तिज गित प्रतियोगिता गरिएको क्लबका अध्यक्ष प्रदिप गौतमले नालीबेली न्युज डटकम लाई जानकारी दिए ।

साना बालबालिका देखि वृद्ध उमेर समूहका महिलादिदि बहिनीलाई केन्द्रित गरी सन्देशमुलक खुल्ला तिज गित प्रतियोगिता तथा अन्य सांस्कृतिक कार्यक्रमा राखिएको हो । क्लबका अध्यक्ष गौतमका अनुसार प्रथम हुनेलाई १५,००० हजार , द्धितियलाई १०,००० हजार , तृतिय हुनेलाई ५,००० हजार , सान्त्वना लाई ३,००० हजार र उत्कृष्ट नृत्य प्रस्तुत गर्ने लाई २,००० पुरस्कार स्वरुप व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने बताइएको छ । प्रतियोगितामा गित संगितमा रुचि राख्ने सबै गित संगित प्रेमीले भाग लिन पाउने छन् । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको आयोजक समितिका कार्यक्रम संयोजक मिलन के .सीले बताए ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक समुहले भाद्र २३ गते बिहान १० वजे सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने आयोजक समितिले जानकारी गराएको छ ।

कार्यक्रमका नियमहरु

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad