Advertisement
विज्ञापन

निर्माण व्यबसायी कबिराम खनालले मनाए बिरामीसँग जन्मदिन



Advertisement
विज्ञापन

चुनौतीको पर्खालमा बीचमा पनि हरियाली ठाँउमा रम्न रमाउन सक्ने आफ्नो सुख भन्दा अरुको दुखमा मलाम लगाउनको लागि मनै देखि लाग्ने व्यक्ति हुनु कबिराम खनाल जो अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा जन्मिएर विभिन्न आरोह अबरोध र चुनौतीसगै रम्दै विगत केही बर्षदेखि सदरमुकाम सन्धिखर्कमा बसोबास गदै सामाजिक काम सगै निर्माण व्यबसायीको नाममा आफुलाई चिनाएका छन् ।

सामान्यतया व्यक्ति जन्म र मुत्यु हुन्छ यो स्वाभाविक र प्राकुतिक नियम हो र मानिस बाचिरदा बेलाबेला बखतमा हुने विभिन्न चाडबर्ष र उत्सबलाई विभिन्न तरिकाबाट मनाउने गरेको पाईन्छ । कसैले महङ्गो होटल र रेष्टुरेण्डमा सिलाका गिलाश साटासाट गरेर जन्मदिन मनाउछ कसैले विना सरोकार आफ्नो जन्मदिन मनाउन पनि सक्दैन ।


Advertisement
Advertisement
Advertisement

मानिस जन्मिएपनि समाज परिबर्तन रुपान्तरण कुरा गर्छ जीवनभर राजनितिक गर्छ क्रान्तिका परिबर्तन र समाजबादका कुरा गर्छ राज्यको नेतृत्व गर्छ तर जीवनको उत्तरार्दमा पुग्दासम्म आफ्नै लागि उपचार गर्ने गतिलो अस्पताल बनाउन नसकेर विदेशी अस्पतालको बेडमा छटपटाईरहेको बेलामा राज्यको सहयोग गर्छ तर जनस्तर विरोध आउँछ तर राज्यलाई नै सिकाउने गरी आफु बाचेर अरुलाई पनि बचाउन सक्ने व्यक्ति हुन् कविराम खनाल ।

जसले राज्य नै आर्थिक सकट भयो भनेर आफनो लक्ष्य अनुसारका निति कार्यक्रम चलाउन नसकेर जनतामाझ विरोधका स्वरुप आईरहेको बेलामा सामान्य व्यक्ति निर्माण व्यबसायी कविराम खनालले आफ्नो जन्मदिनको अवसर पारी, दिर्घ बिरामीहरुलाई आर्थिक सहयोग गरेका छन ।अर्घाखाँची जिल्लामा स्थाथी घर भै हाल बिभिन्न अस्पतालहरुमा उपचार गराईरहनुभएका सहयोगको अत्यन्तै खाँचो भएका बिरामीहरुलाई खनालले सहयोग गरेका हुन् ।

उनले स। न। पा – ८ निवासी नारायण पराजुली जो क्यान्सरबाट पिडित भै हाल भारतमा उपचार गराईरहनुभएको छ’ उहाको उपचारको लाई रु २० हजार ,भुन।पा – ४ स्थाथी ठेगाना भै हाल भु न पा – ६ मामाघर बस्दै आउनुभएका २२ बर्षिय अमित रोकाया जो रुखबाट लडेर गम्भिर घाईते भै उपचारर्थ हुनुहुन्छ उहाँ लाई रु – १० हजार,मालारानी ९ गोखुङ्गा निवासी ३२ वार्षिय केसव नेपाली जो लिभरको समस्या भई उपचाररथ हुनुहुन्छ उहाँलाई ५ हजार स ।न ।पा ११ निवासी उम बहाँदुरको श्रीमति पुस्पा खनाल कुवर दुवै मृगौला फेल उहाँ लाई रु ५ हजार स ।न ।पा – १० बस्ने बर्ष २५ कि शर्मिला गन्धर्भ मृगौला फेल भै आँखा सम्म नदेख्ने उहाँ लाई रु – ५ हजार भुनपा –५ असुरकोट निवासी बर्ष ४० कि गिता गैरे बेल्बासे पाठेघरको क्यान्सर भई जो उपचाररथ हुनुहुन्छ उहाँलाई ५ हजार स ।न ।पा – १ निवासी कृष्ण बहाँदुर वि क प्यारालाईसिस् बिरामी लाई रु ५ हजार , गरि ७ जना बिरामीहरुलाई सहयोग गर्नुभएको छ ।

सहयोग रकम उहाँले बिरामी तथा उहाँहरुका आफन्तको खातामा हस्तान्तरण गरिसक्नुभएको छ । साथै उहाँले रु ५० हजार बराबरको कन्सन्टेटर मेसिन किनेर आवश्यक पर्दा बिरामीहरुलाई उपलब्ध गराउने गरि हाल एकजना बिरामीलाई सहयोग गर्नुभएको छ । केहिदिनको लागि अक्सिनज लिनुपर्ने अबस्थाका बिरामीहरुलाई मेसिन किन्न महङ्गो पर्ने हुँदा र त्यस्ता दृस्टान्तहरु आफैले देखेको भएर,अस्थायी अक्सिजन प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर उक्त मेसिन किनेको बताउनुभएको छ ।

उहाँका अनुसार अक्सिजन मेसिन चाहिने बिरामीका आफन्तले आफुलाई सम्पर्क गरि उक्त मेसिन प्रयोग गर्न अनुरोध गर्नभएको छ ।आफ्नो जन्मदिन बिरामीहरुलाई समर्पण गर्नुभएका उहाँले अन्य दिनहरुमा पनि बिरामी भै उपचार गर्न गार्हो परेकाहरुका लागि आफुसक्दो सहयोग गर्ने बताउदै पत्रकार तथा सामाजिक अभियान्ताहरुलाई कोहि साँच्चिकै अप्ठ्यारो परेको खन्डमा र आफुले गरेको सहयोगले उहाँहरुलाई राहत मिल्ने भए,सम्पर्कमा ल्याउन आग्रह गदै खनालले समाजले आफुलाई जन्माएको, हुर्काएको र गार्हो सार्होमा समाजप्रती पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व वहन गर्नेगरी नागरिकमा थप उत्प्रेरित हुन प्रेरणा मिलेको बताउदै सहयोग मार्फत अप्ठ्यारामा परेकाहरुलाई सान्त्वना प्रदान गर्नुका साथै आफु जन्मेको समाजप्रती आसा जगाईराख्ने काम गर्ने बताए ।

सहयोग गरेका बिरामीहरु सधै एउटै अबस्थामा नरहेने र उहाँहरु छिटै निको हुने हुँदा–भोलिका दिनमा उहाँहरुले पनि अन्य अप्ठ्यारामा परेकाहरुलाई सहयोग गर्ने बातावरण बन्ने बताउँदै सम्पुर्ण बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गदै सहयोगलाई समाजको जिम्मेवारी पुरा गर्न खोजेको अर्थमा बुझिदिन र सम्पुर्ण शुभचिन्तकहरुलाई समाजका अप्ठ्याराहरुमा हातेमालो गर्न आग्रह गदै सहयोग बिरामीहरुका उपचारका लागि पर्याप्त नभएको तर क्षणिक समयको लागि भएपनि केहि राहत हुनेहुँदा आफुले मल्हम लगाउने काम गरेको बताए ।

साथै उहाँहरु लगायत समाजमा अप्ठ्यारोमा रहेका सम्पुर्ण दाजुभाई दिदी बहिनिहरु आफ्नै परिबार भएकोले सबैले सक्दो सहयोग गरेर उहाँहरुलाई बाँच्ने र समाजका लागि केहि गर्ने हौसला दिनुपर्ने बताए । खनाल हाल खनाल ब्रद्श कन्ट्र्क्सनका प्रोपाइटर तथा निर्माण ब्याबसायी संघ अर्घाखाँचीका सह अध्यक्षको जिम्मेबारी सगै विभिन्न सामाजिक सघसस्थामा क्रियाशिल रहेका छन् । खनालले सामाजिक संजाल मार्फत आफ्नो फेसबुक स्टाटस मा श्रावण –१४ गते आ।ब २०८०÷०८१ को लागी रु।एकलाख पचास हजार असहाय तथा बिपन्न परिवारको स्वास्थ उपचारमा खर्च गर्ने घोषणा गरेका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad