Advertisement
विज्ञापन

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने



Advertisement
विज्ञापन

जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।

यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।


Advertisement
Advertisement
Advertisement


प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् । आगामी ३० भदौमा प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमणमा जाने कार्यक्रम छ । त्यस्तै, बैठकले गायक जेबी टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad