Advertisement
विज्ञापन

भारतबाट आउन छाड्यो प्याज, नेपालमा बढ्यो मुल्य



Advertisement
विज्ञापन

काठमाडौँ । भारतले एकैपटक ४० प्रतिशत निर्यात कर लगाएपछि नेपाली बजारमा प्याज आउन छाडेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा हिजो सोमबारदेखि प्याज आउन छाडेको हो । यससँगै, विकास समितिले वेभसाइटबाट प्याजको मूल्यसूची नै हटाइदिएको छ ।


Advertisement
Advertisement
Advertisement

विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले हिजो सामेबारदेखि नै प्याज भित्रिन छाडेको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘हिजो र आए पनि प्याज आएन । हिजो ७८ रुपैयाँमा भएको कारोबार आइतबारको स्टक हो ।’ कालिमाटी बजारमा दैनिक १०० टन हाराहारी प्याज भारतबाट आउने गरेको थियो ।

तर, भारतले निर्यातमा कर लगाएपछि भने व्यवसायीले भारतमा महँगो भएको भन्दै आयात नै बन्द गरिदिएका हुन् । यद्यपि, अनौपचारिक माध्यमबाट भने प्याज आइरहेको छ ।

कालिमाटी बजारमा सोमबार प्याजको थोक मूल्य प्रतिकिलो ६१ रुपैयाँ थियो । हिजो एकैपटक १७ रुपैयाँले बढेर प्रतिकिलो ७८ रुपैयाँ पुगेको थियो । यद्यपि, कालिमाटीमा हरियो प्याज भने कारोबार भइरहेको छ । विकास समितिमा आज हरियो प्याजको मूल्य प्रतिकिलो २२० रुपैयाँ कायम छ ।

नेपाल आलु प्याज संघका अध्यक्ष मोहन बानियाँले दुई दिनसम्म प्याज आयात रोकिएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै हिजो सोमबार र आज मंगलबार प्याज आयात रोकिएको बताए । यद्यपि, आज साँझदेखि पुनः प्याजका गाडी नेपालतर्फ पास हुने बानियाँको भनाई छ

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad