Advertisement
विज्ञापन

नायिका थिइन् अक्षय कुमारकी साली : ९ फिल्ममा काम, सात वटा फ्लप, त्यसपछि छोडिन् देश



Advertisement
विज्ञापन

राजेश खन्ना र डिम्पल कपाडियाकी कान्छी छोरी रिंकी खन्ना कुनै बेला नायिका थिइन् । राजेश खन्ना र डिम्पल झैँ परिवारकी कान्छी छोरी पनि लोकप्रिय स्टार बन्ने आशा धेरैले गरेका थिए । तर उनी आफ्नी दिदीभन्दा पनि पछि परिन् र अभिनयमा धेरै समय टिक्न सकिनन् ।

रिंकीले सन् १९९९ मा म्युजिकल ड्रामा ‘प्यारमा कभी कभी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उक्त फिल्मका लागि रिंकीले सन् २००० मा बेस्ट फिमेल डेब्यूका लागि जी सिने पुरस्कार पनि जितेकी थिइन् ।


Advertisement
Advertisement
Advertisement

रिंकीको बलिउड करियर पाँच वर्षसम्म मात्रै चल्यो र यी वर्षमा उनले जम्मा ९ वटा फिल्ममा अभिनय गरिन् जसमा ‘जिस देश में गंगा रहता है (सन् २०००), मुझे कुछ कहना है (सन् २००१), ये हे जलवा (२००२), प्राण जाए पर शान ना जाए (सन् २००३), झंकार बीट्स (सन् २००३) पर्छन् । उनको अन्तिम फिल्म चमेली (सन् २००४) थियो ।

यद्यपि, रिंकीका ९ मध्ये ७ फिल्म फ्लप भए र प्राण जाए पर शान ना जाए त सुपर फ्लप नै भयो । रिंकीको एउटा फिल्म ‘मुझे कुछ केहेना है’ सुपरहिट भयो जसमा मुख्य अभिनेत्री करिना कपुर थिइन् र सहायक अभिनेत्री रिंकी थिइन् ।

रिंकीले बलिउडमा मात्रै नभई साउथमा पनि अभिनय गरेकी थिइन् तर त्यहाँ पनि उनले दर्शकलाई प्रभावित पार्न सकिनन् । स्मरण रहोस्, रिंकीले आफ्नो तमिल डेब्यू मजुनू (सन् २००१) बाट गरेकी थिइन् । लगातार फ्लप भएपछि रिंकीले अभिनय क्षेत्र नै छोड्ने मन बनाइन् ।

त्यसपछि रिंकीले सन् २००३ मा सफल व्यापारी समीर सरनसँग विवाह गरिन् र देश छोडेर बेलायतमा सिफ्ट भइन् ।

रिंकी अब दुई छोरीकी आमा भइसकेकी छिन् । उनी दिदी ट्विंकल खन्ना र भिनाजु अक्षय कुमार र उनीहरूका दुई सन्तानलाई भेट्न धेरैजसो मुम्बई आइरहन्छिन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad