Advertisement
विज्ञापन

भक्तपुरको बाल सुधारगृहमा गोली चल्यो: तीन घाइते, एकको अवस्था गम्भीर



Advertisement
विज्ञापन

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधारगृहमा सोमबार गोली चलेको छ।

सुधारगृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि प्रहरीले गोली चलाएको हो। भीडन्तमा तीन कैदी र केही प्रहरी घाइते भएको बताइएको छ।


Advertisement
Advertisement
Advertisement

घाइते बन्दीमध्ये एक जना गम्भीर भएको जनाइएको छ। दुई जनाको स्थिति सामन्य भएको जनाइएको छ। घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतवार बिहान मृत्यु भएको थियो।

सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नारावाजी गर्दै प्रदर्शन गरेका थिए। सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए।

यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।

बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न शुरु गरेका थिए। उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए। अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन्। सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन। यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिव २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको स्रोतले जनाएको छ।श्रोत – नागरिक न्युज

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad