Advertisement
विज्ञापन

पाणिनीमा २०८ कृषकलाई ट्याक्टर वितरण, कृषकहरु हर्षित



Advertisement
विज्ञापन

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकका टिकाराम विकले वडा कार्यालयमा ट्याक्टर माग गर्दै निवेदन दिए । १० वर्षसम्म गोरु पालेका विकले ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्ने सुचना जानकारी पाएपछि ५० प्रतिशत लगानी गरेर ल्याउँन सहमत भएपछि वडामा निवेदन बुझाए ।

निवेदन बुझाएकै आधारमा वडाको अव्वल कृषकको रुपमा ट्याक्टर अनुदानमा पाउँदै भन्दै वडा कार्यालयले विकको नाम छनोट ग¥यो । छनोट भएपछि खुसी हुदैँ कृषक विकले २७,४००। रुपैँया ग्लोबल आईएमई बैंक पोखराथोकको शाखामा जम्मा गराए । पैसा जम्मा गराएपछि झन ट्याक्टर पाउँनेमा ढुक्क भएका विकले अनुदानमा १ वटा ट्याक्टर पाए ।


Advertisement
Advertisement
Advertisement

२२ रोपनी क्षेत्रफलमा तरकारी तथा खेती गरेका विकले २२ टनेलमा तरकारी खेती गरेका छन् । गोरुबाट भन्दा ट्याक्टर जोत्दा सजिलो हुने, उत्पादन वृद्धि हुने भएकाले समयको मागसँगै ट्याक्टरको प्रयोग गछौँ, विकले भने । ५४ हजार ८ सय रुपैँयामा टेण्डर पाई पराजुली मेसिनरी सप्लायर्सले पाणिनीमा २०८ वटा ट्याक्टर वितरण गरेको हो ।

पछिल्लो समय किसानहरुले गोरु पाल्ने क्रम निकै कम भएको छ । केहि किसानले पालेका गोरुहरु पनि लम्पी स्किन रोग संक्रमण भएपछि मरेका छन् । कृषकहरु चिन्तित भएका वेला अनुदानमा हाते ट्याक्टर दिने निर्णय गरेपछि कृषकहरु खुसी भएको पाणिनी–६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल बताउँछन् । उनले वडामा आएका निवेदनका आधारमा व्यवसायीक कृषकहरुलाई छनोट गरेर ट्याक्टर वितरण गरेको बताए ।

आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाले सूचना निकाली कृषकको मागअनुसार परेको निवेदनको आधारमा ५७ लाख गाउँपालिकाको र ५७ लाख कृषकको गरी करिब १ करोड १४ लाखका ट्याक्टरहरु २ सय ८ वटा कृषकलाई छनोट गरी वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।

पछिल्लो समय खेतबारी जोत्नका लागि गोरु नपाईने समस्यालाई समधान गर्नलाई टेवा पुगोस भनेर पनि वितरण गरिएको हो । कृषकहरुको माग अत्यधिक छ, आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल भन्छन् । ‘कृषकको ४० र गाउँपालिकाको ६० प्रतिशत लगानीको योजना बनाएर अव्वल कृषकहरुलाई वितरण गर्नुपर्छ पौडेलले भने ।

आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले कृषकहरु प्रविधि तर्फ आकर्षित भएकाले उत्पादन वृद्धि गर्नका लागी पनि उपयुक्त मानेर ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने बताउँछन् ।

पाणिनी गाउँपालिकाले गत आर्थिक वर्षमा ट्याक्टर खरिदका लागी १० लाख रुपैँया विनियोजन गरेको थियो । तर कृषकको माग अत्यधिक भएपछि जस्तापाता खरिद कार्यक्रमलाई परिमार्जन गरी ४७ लाख रुपैँया संसोधन गरेर थप गरी ५७ लाख गाउँपालिकाको लगानीमा ट्याक्टर खरिद गरेको गाउँपालिकाले जनाएको छ । हाते ट्याक्टरको माग अझै पनि बढ्दो रहेको छ । गाउँमा गोरु पाल्न छोड्ने, युवापुस्ताहरु विदेशमा पलायन भएका कारण पनि ट्याक्टरको माग बढ्दो रहेको कृषकहरु बताउँछन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad