Advertisement
विज्ञापन

भारतको दवाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरे : अध्यक्ष खत्री



Advertisement
विज्ञापन

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तब्य राख्दै अध्यक्ष खत्रीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले देशको अवस्था नबुझी अर्कैको इसारामा संघियता लागू गरिनु दुर्भाग्य रहेको बताउदै कुनै पनि बिषयबस्तुमा राम्रा र नराम्रा दुबै पक्ष हुने भन्दै संबिधानले ब्यवस्था गरेका धेरै पक्ष राम्रा भएपनि संघियता यसको दुर्वल पक्ष रहेको बताए ।


Advertisement
Advertisement
Advertisement

उनले राष्ट्रिय जनमोर्चाले बिरोध गरेको संघियताको गुण र अवगुणको बारे बहस गर्नु पर्ने जरुरी रहेको बताए ।पत्रकारहरुले संघियताको संरचना मै बसेर संघीयताकै बारेमा बिरोध गर्नु कत्तिको उचित होला भनी सोधेको प्रशको जवाफ दिदै खत्रीले सिस्टममा नबसी सिस्टम सुधार गर्न नसकिने बताए ।

उनले संघियताको संरचना भित्रै बसि यसलाइ खारेज गर्ने आफ्नो पार्टीको मुख्य उदेश्य रहेको बताए । संघियताप्रती बिमती हुदाहुँदै पनि यो संरचनाको चुनाबमा सहभागी भइ संघियताको बारेमा जनतालाइ सुसूचित गरिरहेको उनले जिकिर गरे ।कार्यक्रम राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीको अध्यक्षता सचिव बाबुराम पन्थी सुनारको सञ्चालन उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad