Advertisement
विज्ञापन

गरिब जनतालाई उपचार गराएर घर पठाउदा खुसी लाग्छ : डा.अशोक शाह



Advertisement
विज्ञापन

झट् हेर्दा चिकित्स जस्तो नदेखिने सामान्य व्यक्तिको पहिचान बनाएका डाक्टर हुन् अशोक शाह सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. १० मा बि.स. २०४७ साल चैत्र २ गते गाउँमा जन्मनु भएका डा . अशोक शाह सानै उमेरदेखि नै जिज्ञासु र परिबर्तन प्रेमी हुनुहुन्थ्यो ।

उहाँले कक्षा १० सम्म गाउँकै सरकारी विधालय श्री केशव स्मारक जनता मा.वि. टिकुलियामा अध्ययन गदै २०६३ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाण्डौंको पिनाकल कलेजबाट विज्ञान संकायबाट प्लस टु पास गदै उच्च शिक्षा अध्ययको लागि बंगलादेशबाट २०७३ सालमा एमबिबिएस उत्तीर्ण गरेपछि काठमाण्डौंको पाटन एकेडेमी अफ हेल्थ साइन्सबाट २०७९ मा ःम्न्ए्भ्ः पास गरी सकेपछि विभिन्न जिल्लामा सेबा प्रदान गदै केही महिना अगाडि जिल्ला अस्पताल अर्घाखाँची आउनु भएका डा .अशोक शाह जिल्ला बासीको मनमुटुमा बस्न सफल हुनुभएको छ ।


Advertisement
Advertisement
Advertisement

सेबा प्रबाहलाई महत्वपुर्ण ठान्ने शाह दिनमात्र नभई २४ सै घण्टा जनताको सेबामा तल्लिन हुनुहुन्छ । अहेब दिदि सुधिना शाहको प्रेरणाबाट प्रेरित भई स्वास्थ्य क्षेत्रमा लाग्नुभएका डा.शाह गरिब दिनदुखी अशक्त अशायको उपचारमा रमेर आफ्नो जीवनको सुन्दर सपना विरामी सँग बेयतित गनुहुन्छ ।  डा .शाहसँग नालीबेली न्यूजका  पत्रकार अनिल नेपालीले गरेको कुराकानी

तपाईं स्वास्थ्य क्षेत्रमा कहिले देखि क्रियाशिल हुनुहुन्छ ?

२०७३ सालदेखि क्रियाशिल भई धरान विपि कोईराला क्यान्सर अस्पतालबाट मेडिकल अधिकृतको रुपमा सेबा प्रारम्भ गरी विभिन्न जिल्लामा काम गदै आएको छु ।

अर्घाखाँची जिल्ला अस्पलाल हाजिर भएको कति समय भयो ?

२०७९ पौष १० गतेदेखि अर्घाखाँची जिल्ला अस्पतालमा हाजिर भई सेबा प्रबाह गदै आएको छु ।

जिल्ला अस्पताल अर्घाखाँची आएर बिरामीको सेवा गर्दा कस्तो अनुभूति भएको छ ?

अर्घाखाँची जिल्ला पहाडी जिल्ला हो भौगोलिक हिसाबले केही विकट भएको जिल्ला हो र तराईका जिल्लामा सिमित मात्रामा बिरामीको जाच हुन्छ भने खासगरी जिल्ला अस्पताल अर्घाखाँचीमा सुगर प्रेसर लगायतका सामान्य बिरामी हुने गर्दछन् भने तराईका जिल्लामा यि बिरामीसगै जटिल प्रकारका बिरामी हुने गर्दछन् ।

जसले गर्दा ग्रामीण क्षेत्रका विरामीलाई सेबा दिएर उपचार गराउदा गर्भको अनुभुति हुन्छ ।स्वास्थ्य क्षेत्र अन्तर्गतको मेरो खुसीको क्षणलाई म जिल्ला अस्पताल गुल्मीमा रहदा जटिल प्रकारको विरामी टोपनारायण पाण्डेलाई उपचार गराएर निको पार्दाको क्षणलाई र चुनौतीको दिनको रुपमा धरानमा ढिलोका कारण मुत्यु बरण गरेको विरामीको दिनलाई लिएको छु ।

तपाईले सेवादिन थालेपछी अस्पतालमा बिरामिको संख्या ह्वात्तै बढ्यो भन्ने कुरा सुनिन्छ ?

अर्घाखाँची अस्पतालमा विरामीको सख्या पहिलाको तुलनामा बढेको छ । पहिला सिमित मात्राका बिरामीको उपचार हुन्थ्यो भने अहिले सेबालाई बिस्तार गरेका छौ भने अत्याआबश्यक यन्त्र उपकरणद्धारा विरामीको जाँच गरिनुको साथै बिहान १० देखि ६ बजेसम्म बिरामीको ओपिडिमा बिरामीको जाँच गरिन्छ यसले गर्दा गुणात्मक सगै मात्रामात्मक समेत परिबर्तन भएको पाईन्छ । यसले गर्दा बिरामीको सख्या बढेको छ ।

 तपाईप्रती बिरामीको आकर्षण हुनुको मुख्य कारण के हो ?

सामान्यतया जोकोही बिरामीप्रति चिकित्सक सेबदनशील जिम्मेबार बन्नुपर्छ । म बिरामीको उपचार र पेशाप्रति जिम्मेबार बन्छु जसले गर्दा बिरामीको रोग निदाको लागि सुक्ष्म तरिकाले अध्ययन गरी बिरामीलाई रोगको पहिचान र आराम निको हुने गरी उपचारको लागि सल्लाह दिन्छु जसले गर्दा मलाई सामान्यतया बिरामीले मन पराउनुहुन्छ ।

तपाईलाई गरिबको देवता भन्न थालिएको छ नि ?

देबता मान्छेलाई मान्न मिल्दैन म देबता पनि हैन अर्घाखाँचीका जनताले मलाई मन पराउनु लाई मैले गौरबको क्षणको रुपमा लिएको छु यसले गर्दा मलाई थप पे्ररित गरी पेशामा लाग्न उत्प्रेरणा मिलेको छ । मेडिकल लाईनमा देबता पनि हुदैन ।

बेलाबेलामा समय परिस्थति अनुसार आउने महामारीका रोगहरुले जनतालाई आक्रान्त बनाएको अबस्थामा त्यसलाई निमुल पार्नको लागि तपाईको सुझाब के छ ?

सामान्यतया देशभैरी नै समय परिस्थतिका कारणले मानिसमा विभिन्न रोगहरु देखा पर्ने गरेको पाईन्छ खासगरी अहिले देशैभरी आखाँ पाक्ने, कम्पारे लगायतका रोगहरु लाग्ने गरेको पाईन्छ । यी रोग लागेको व्यक्ति अप्रत्यक्ष रुपमा आईसोलुसेनमा बस्दा र साबुनपानी हात धुदा स्वास्थ्यकर्मीको सल्लाहअनुसार निगरानीमा बसी सल्लाह बमोजिम उपचार गर्दा राम्रो हुन्छ

 हजुरर्ले जिल्ला अस्पतालबाट प्रभावकारी सेवा दिएपछी बिरामिहरु क्लिनिक जान छोडे भन्ने बाहिर कुरा आम जनतामा आएको छ । तपाईं संग प्राईभेट अस्पताल र क्लिनिक संचालक कतै रिसाएका त छैनन् ?

म सामान्यतया नेपाल सरकारले उपलब्ध गराएको छात्रबृति कोणमा निशुल्क पढेको र हाल नेपाल सकारको कर्मचारी भएकोले सेबा प्रबाहलाई सरकारले तोकेको ठाँउमा नियमित रुपमा गई सेबा गनु मेरो दायित्व हो । सेबा प्रबाहलाई चुस्त दुस्त बनाएबापत को रिसाउछ को हाँस्छ मलाई त्यसको लेखाजोखा गर्ने मेरो समय पनि छैन नेपालको सविधानले प्रत्येक नागरिकलाई धारा ३५ मा इमजन्सी सेबा २४ सै घण्टा पाउनुपर्छ भनेको छ र सविधानले व्यबस्था गरे अनुसार सेबा प्रदायक संस्थाले सेबाग्राहीलाई सेबा दिनु कर्तब्य हो त्यसकारणले गर्दा जिल्ला अस्पतालमा २४ घण्टा सामान्य र जटिल प्रकारको उपचारको लागि चिकित्सको रुपमा नियमित खटिई हरेक नागरिकलाई उपचारमा सघाउनु मेरो कर्तब्य हो र म त्यही अनुसार अगाडि बढ्छु ।

 हजुर जनताको सेवाभाब भन्दै गर्दा प्राय व्यक्तिहरु पैसालाई प्राथमिकता दिएको पाइन्छ ?

सेबा गरेबापत हरेक नागरिकलाई राज्यले तलब को व्यबस्था गरेको पाईन्छ । पैसा नचाहिने भन्ने हुदैन मलाई राज्यले सेबा गरेबापत उलपब्ध गराउने पैसाले मलाई पुगेको छ । मानिसको स्वास्थ्य लाई पैसासँग दाज्न मिल्दैन त्यसकारणले गर्दा मेरो लागि पैसा प्रमुख प्राथमिकतामा रहेन ।

देशभरका चिकित्सक्ले सिमित समय अस्पताल र धेरै समय क्लिनिक्मा दिएको पाइन्छ ,हजुर भने क्लिनिक नै जादैन भन्नू हुन्छ, हजुर्लाई पैसा चाहिदैन र ?

सेबा सरकारी निकायबाट मात्र हुदैन निजि क्लिनिकबाट पनि दिने गरिन्छ । म जिल्ला अस्पताल अर्घाखाँचीमा आउने हरेक बिरामीसँग सेबा दिएर उपचारमा रमाउदा खुसी छु । म सामान्यतया दिदि सुधिना शाहको प्रेरणबाट स्वास्थ्यसेबामा लागेको हु दिदि सुधिना शाहले १५ महिने अहेब तालिम गरी गाँउका मानिसलाई निशुल्क उपचार गरी निको पानु हुन्थ्यो त्यही प्रेरणाबाट प्ररित भई सेबाप्रबाहमा लागेको हुँ म सरकारी अस्पतालका हरेक विरामीसँग रमाउन पाउदा खुसी छु ।

गरिब बिरामी जो संग उपचारको लागि पैसा छैन, सहयोग गर्ने मान्छे छैन, त्यस्ता व्यक्तिहरु उपचार निको पारेर घर पठाउदा कस्तो अनुभूति भएको छ ?

गरिब भएर उपचार नपाउने कुरा हुदैन हरेक नागरिकले सेबा पाउनुपर्छ यदि गरिब भएर उपचार नपाउने कुरासँग मेरो सहमति छैन हरेक अस्पतालमा निशुल्क उपचारको व्यबस्था हुन्छ ।

 अन्त्यमा के भन्न चाहान्नुहुन्छ ?

मेरो आबाजलाई नालीबेली मिडिया मार्फत प्रकाशन प्रशारण सहित जिल्ला बासीको बिचमा लैजान प्रेरित गर्नुभएकोमा स- धन्यबाद व्यक्त गर्दछु ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad