शिक्षा सुधारको लागि दीर्घकालिन रणनितिसहित लाग्छौ : मन्त्री गुप्ता
अनिल नेपाली
लुम्विनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षा क्षेत्रको सुधारको लागि आफु निरन्तर रुपमा लाग्ने बताउनुभएको छ । अर्घाखाँचीको छत्रदेब गाँउपालिका वडा न ५ मा रहेको सार्वजनिक माध्यमिक विधालयको अनुगमन गदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री गुप्ताले शिक्षा विना मुलुकको विकास नहुने भन्दै शिक्षा क्षेत्रको सुधारको लागि लुम्विनी प्रदेशका १२ वटै जिल्लामा पुगेर शिक्षाको सुधारको लागि निरन्तर रुपमा राय सुझाब लिएर निर्णय लिने बताउदै
लुम्विनी प्रदेश सरकारमा शिक्षा क्षेत्रमा आबश्यकता भन्दा कम मात्रामा बजेट विनियोजन गरेकोले उचित लक्ष्य हासिल गर्न नसकेता पनि आगामी दिनमा शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि निरन्तर रुपमा लाग्ने बताए ।
मन्त्री गुप्ताले गुणस्तरीय शिक्षाको नाममा गाँउबाट शहर केन्द्रित बसाईसराई व्यापक रुपमा बढेकोले गुणस्तरीय शिक्षा अब गाँउमा दिएर दक्ष जनशक्ति उत्पादन गनुपर्ने बताए । कार्यक्रममा विधालयका प्रधानाध्यापक प्रेमनारायण पाण्डेले विगतको अबस्था अहिलेको अबस्था भाबी रणनितिको बारेमा जानकारी गराउदै आबश्यकता अनुसार भौतिक सरचना नभएको बताएका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षक प्रकाशचन्द्र बन्जाडेले गनुभएको कार्यक्रममा वडा न ५ अध्यक्ष बालकृष्ण प्रोख्रेल, गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतले मन्तब्य राख्नु्भएको थियो ।