Advertisement
विज्ञापन

अर्घाखाँचीमा आफैले बोकेको बन्दुक पड्कीँदा एक जनाको मृत्यु



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँचीमा आफैले बोकेको बन्दुक पड्कीँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–७ नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसी छन् ।

आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा उनले बोकेको बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

शुक्रबार बिहान ११ बजेको समयमा पदम घरमा राखेको अवैध बन्दुक बोकेर बाँदर धपाउन हिंडेका थिए । उनी बारीमा चिप्लन पुग्दा एकनाले बन्दुक आफै पड्किएको प्रहरीको अनुमान छ । उनको कोखामा गोली लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad