Advertisement
विज्ञापन

भारतकाे उत्तराखण्डमा पहिराेमा पुरिँदा कर्णालीका १० जना बेपत्ता



Advertisement
विज्ञापन

सुर्खेत । भारतको उत्तरखाण्डमा पहिरोले होटल बगाउँदा कर्णालीका १० जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्ला जिल्लाका १० जना बेपत्ता रहेको भारती मिडिया जागरणले उल्लेख गरेको छ ।

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताईएको छ । यस्तै, हुम्लाका घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल गर्दै आएका थिए ।


Advertisement
Advertisement
Advertisement

उनको होटलमा खाना खान गएको बेला पहिराले होटल बगाएको भारतीय मिडिया जागरणले जनाएको छ । पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर छन् ।

उनीहरूको थर भने खुलेको छैन् । वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि वेपत्ता छन् । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको खवरमा उल्लेख छ । तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुलेको छैन् ।

बेपत्ता हुनेमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेका छन् ।

पहिरोले होटललाई मन्दाकिनी नदी खसेको खवरमा उल्लेख छ । वेपत्ता भएका सबैको खोजी भईरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भईरहेकाले उद्दार तथा खोजीमा कठिनाई भएको पनि उल्लेख ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad