पत्रकार अन्जान कृष्णको निधनप्रति दुःख व्यक्त
बुटवल । नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य कृष्ण अन्जान ज्ञवालीको शुक्रबार राती भएको निधनप्रति महासंघले दुःख व्यक्त गरेको छ । महा संघले शनिबार शोक विज्ञप्ति जारी गर्दै वरिष्ठ पत्रकार अन्जानको निधनले महासंघ परिवारसहित जिल्ला भरका सञ्चारकर्मीहरुलाई शोक परेको र अपुरणीय क्षति पुगेको जनाएको छ ।
महा संघका सचिव प्रेम सुनार द्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासंघका सदस्य कृष्ण अन्जान ज्ञवालीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा यहि साउन-१९ गते ५५ वर्षको उमेरमा भएको अकल्पनीय निधनले हामी मर्माहत भएका छौं । बिगत लामो समयदेखि पत्रकारिता गर्नु भएका ज्ञवालीको निधनले हामी र हाम्रो संस्थालाई अपुरणीय क्षति भएको छ ।
दुःखको यस घडिमा दिबङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त पतिवारजनमा हर्दिक समावेदना प्रकट गर्दछौ ।’ यसै बीच प्रेस चौतारी गुल्मीले पनि आफ्ना बरिष्ठ सदस्य ज्ञवालीलाई गुमाएको प्रति गहिरो दु:ख ब्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।