Advertisement
विज्ञापन

स्ववियु काे पहलमा बुटवल बहुमुखी क्याम्पसमा विधार्थी स्वास्थ्य बिमा लागु



Advertisement
विज्ञापन

बुटवल | लुम्बिनी प्रदेशकै ठुलाे आङ्गिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी युनियन बुटवल बहुमुखी क्याम्पस समिति काे पहलमा निशुल्क स्वास्थ्य बिमा लागु भएको छ। विगत १० वर्ष देखि विधार्थी काे स्वास्थ बिमा काे नाममा पैसा उठाउदै आएता पनि उक्त कार्यक्रम लागु हुन सकेको थिएन !
स्वतन्त्र विधार्थी युनियनको निर्वाचन पश्चात स्ववियु बुटवल बहुमुखी क्याम्पस र विधार्थी कल्याण शाखा बहुमुखी काे सहकार्यमा उक्त विधार्थी बिमा कार्यक्रम लागु भएको हाे ।

उक्त विधार्थी स्वास्थ्य बिमा अन्तर्गत त्रिभुवन विश्व विधालयले एक वर्ष भित्र अधिकतम रू १ लाख सम्मकाे खर्च ब्यहाेर्ने छ उपचारमा लागेकाे जम्मा खर्च मध्ये खर्चको १०% सम्बन्धित विधार्थीले व्यहोर्नु पर्नेछ । उक्त बिमा बाट चिकित्सक सेवा शुल्क , प्रयाेगशालामा गरिने विभिन्न परिक्षण शुल्क ,रेडियाेलाेजि ,इन्भेष्टिगेसन निदान शुल्क , बिरामी शैया शुल्क, अप्रेशन शुल्क आदिजस्ता लाभ प्राप्त गर्न सकिने छ ।
सम्बन्धित अस्पतालमा यी सेवाहरू उपलब्ध हुन नसकेमा चिकित्सक काे सिफारिसमा अस्पताल भन्दा बाहिर परिक्षण गर्न सकिने छ उक्त शुल्क समेत त्रि. वि उपचार काेषबाट ४०% शुल्क व्यहाेर्ने व्यवस्था छ।


Advertisement
Advertisement
Advertisement

विधार्थीहरूकाे स्वास्थ्य उपचारको लागि विधार्थी काे निवेदन , Id Card , भर्ना रसिदकाे फाेटाेकपि , स्वास्थ्य उपचार खर्चको बिल , विधार्थी कल्याण शाखा तथा सहजिकरणकाे लागि स्ववियु कार्यालयमा सम्पर्क गर्न सकिने छ । उक्त विधार्थी उपचार सुविधा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र युनिभर्सल कलेज अफ मेडिकल साइन्स ,भैरहवा बाट प्राप्त गर्न सकिने र यस पछि प्राप्त गर्न सकिने र स्वास्थ्य विमा कार्यक्रमलाई अझै सहज र प्रभावकारी बनाउन स्वतन्त्र विद्यार्थी युनियन बुटवल बहुमुखी क्याम्पस निरन्तर लागि पर्ने कुरा स्ववियु अध्यक्ष दुर्ग बहादुर एमःसीले बताउनु भयो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad