Advertisement
विज्ञापन

लुम्बिनीमा स्मार्ट शौचालय



Advertisement
विज्ञापन

बुद्ध जन्मस्थल लुम्बिनी परिसरमा स्मार्ट शौचालयको उद्घाटन भएको छ । लुम्बिनी विकास कोषको ४ नम्बर गेट नजिकै पर्यटक र स्थानीयलाई लक्षित गरि करिब ४५ लाखको लागतमा गार्डेन सहितको स्मार्ट शौचालय निर्माण भएको हो ।

नेपाल वित्तिय संस्था कर्मचारी संघले लुम्बिनी विकास कोषसँग सहकार्यमा अपाङ्गमैत्री र लैंगिकमैत्री शौचालय निर्माण गरेको हो । कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल यूनियन एसियाको पहलमा आधुनिक प्रविधि जडित निर्माण गरिएको शौचालयमा सबै स्वचलित प्रणलीमा संचालन हुने नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

एक कार्यक्रमका बीच निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउदा खुशी लागेको बताए । लुम्बिनी आउने पर्यटकहरुलाई शौचालयले थप सहजता दिने उनले बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एंव कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तिय संस्थाका मजदुरहरुको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरुलाई सहजता थप्ने बताउँदै यसको दीगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए । कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशिल बनाउने गरि नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाईलाई अन्र्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए ।

कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले शौचालय निर्माण भएपनि यसको दीगो सञ्चालनमा चुनौती रहेको बताउँदै त्यस कार्यमा कोष लागि पर्ने बताए । कार्यक्रममा कोषका योजना प्रमुख सरोज भट्टराई, प्यासिफिक क्षेत्रिय संगठन (यूएनआई एप्रो) का क्षेत्रिय सचिव राजेन्द्र आचार्य, नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष पदम रेग्मी, शंकर लामिछाने लगायतले बोल्दै पवित्र स्थल लुम्बिनीमा पर्यटकलाई सेवा दिने उदेश्यले शौचालय निर्माण आफैमा सामाजिक उत्तरदायित्वको हिसाबले महत्वपूर्ण रहेको बताए ।

उनीहरुले पर्यटक र स्थानीयलाई यस्को अधिकतम सेवा लिई शरीर मात्रै होइन मन पनि हल्का होस भन्ने हेतुले शौचालयको निर्माण गरिएको बताए । शौचालयको दीर्घकालिन उपयोगका लागि संस्थागत रुपमा पनि सहकार्य वाला निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

शौचालयमा महिलाहरुलाई स्यानिटरीप्याड र त्यसको व्यवस्थापन पनि स्वचलित विधुतीय माध्यमबाट हुने छ दैनिक ५ सय पर्यटकहरुले लाभ लिन सक्ने गरि पहिलो चरणमा काम सम्पन्न भएको छ । लुम्बिनीबाट यो कामका थालनी भएको र यसलाई नेपालका अन्य क्षेत्रमा पनि लैजाने योजना रहेको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad