Advertisement
विज्ञापन

रेसुङ्गा नगरकाे उदाहरणीय काम : बेसहारा महिलाको उद्दार



Advertisement
विज्ञापन

गुल्मीको रेसुङ्गा नगरपालिका गुल्मीले अन्दाजी ३०/३२ बर्षकी युवतीलाई आइतबार दिउँसो उद्दार गरेकाे छ । मानसिक सन्तुलन गुमाएकी बेसहारा महिलाको रेसुङ्गा नगरपालिकाले उपचारको लागि बुटवल पठाएको हो ।

नगरपालिकाले उक्त महिलालाई आइतबार दिउँसो एक बजे ३ प्रहरीको सहयोगमा नगरकै सरकारी गाडीमा बुटवल पठाएको हो । उक्त महिलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले बताइन् ।


Advertisement
Advertisement
Advertisement

बेसहारा महिला हिजो गुल्मीदरबार गाउँपालिका वडा नम्बर७ मा स्थानीय नागरिकलाई कुटपिट गरेर उशृङखल गतिविधि गरिरहेको अबस्थामा भेटेपछि प्रहरीले गुल्मी अस्पताल ल्याएको थियो । उनको नाम, ठेगाना केही खुलेको छैन । बेला-बेलामा आक्रामक बन्ने र अस्पतालमा बसिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत आक्रमण गर्ने गरेकी महिलालाई नगरपालिकाले उद्दार गरेको हाे ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नागरिकले स्थानीय सरकारकाे महशुस गर्न पाउनुपर्ने बताए । उनले नाम ठेगाना केही नखुले पनि बेसहाराकाे साथमा नगरपालिका भएको अनुभुती दिलाउन आफूहरूले महिलालाई उपचारको लागि पठाएको बताएका छन् । उनलाई अन्य आवश्यक सहयोग र समन्वय पनि गरिरहेको पन्थीले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad