पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो
१४८०
काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य बढेर तथा पेट्रोलको मूल्य घटेर आएको छ।
नेपाल आयल निगमका अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ।१५ दिनको लागि आएको यो मूल्यअनुसार अब सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमले जनाएको छ।