रेसुङ्गाको सौन्दर्यकरणका लागि पुष्प एवं बृक्ष रोपण
अनिष पन्थी,गुल्मी।गुल्मीको रेसुङ्गा नगरपालिकाले मंगलबार रेसुङ्गा गर्जुरा देखि रेसुङ्गा महापोखरी सम्म सडकको छेउ र विभिन्न स्थानमा बृक्ष एव पुष्परोपण गरेको छ। नगरको निति तथा कार्यक्रममा समावेश कार्यक्रम अन्तर्गत वृक्षरोपण तथा पुष्परोपण कार्यक्रमको शुभारम्ब गरिएको हो।
ऐतिहासिक धार्मिक तथा पर्यापर्यटकीय क्षेत्र रेसुङ्गाको सौन्दर्यकरण तथा प्रचार प्रसारको कार्यमा यसले थप टेवा पुर्याउने रेसुङ्गा नगरपालिकाले जानकारी दिएको छ।लोपोन्मुख तथा आयुर्वेदिक गुण भएका विरुवाहरु टिमुर, सुगन्धकोकिला मलायगिरी , ज्याकाराण्डा र गुल्मोहर (निलो र रातो ) बिरुवा रोपण गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्व्ज पन्थीले जानकारी दिए।
यस कार्यबाट जाउ हिड रेसुङ्गा अभियानमा पनि थप टेवा पुग्ने बिश्वास लिएको छ। जाउ हिड रेसुङ्गा अभियान सुरु भएपछि रेसुङ्गा भ्रमणमा जाने आन्तरिक एवं बाहय पर्यटकको सङ्ख्या बढेको पाइएको छ।