Advertisement
विज्ञापन

पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाकाे आयाेजनामा वृक्षाराेपण कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

बुटवल पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाकाे आयाेजना तथा पहिलाे पाईला नेपाल बुटवल शाखाकाे सहकार्यमा सञ्चालन भईरहेकाे १००८ वृक्षाराेपण अभियानकाे दाेस्राे हप्ताकाे वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।
पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखा अध्यक्ष सन्देश पाेख्रेलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे। उक्त कार्यक्रममा तिलाेत्तमा सामुदायिक पार्कका अध्यक्ष दिपक पाठक काे प्रमुख आतिथ्यता , पहिलाे पाईला नेपाल केन्द्रीय महासचिव विनाेद महत र तिलाेत्तमा शाखाका संस्थापक अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य सन्ताेष खरेलकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दे तिलाेत्तमा पार्कका अध्यक्ष तथा प्रमुख अतिथि दिपक पाठकले पार्कमा वृक्षाराेपण गर्दा सुन्दरता स्थापित गर्न पार्कलाई सहयाेगी हुने तथा वृक्षाराेपणकाे अभियानले जलवायु परिवर्तन, वातावरणीय सुन्दरता, जैविक वनस्पतिकाे संरक्षणमा टेवा पुर्‍याउने बताउनुभएको थियाे । साथै पहिलो पाईला नेपाल तिलाेत्तमा शाखाले आफ्नाे वृक्षाराेपण अभियानकाे लागि तिलाेत्तमा सामुदायिक पार्कलाई राेजाईमा पारि अभियान सञ्चालन गरेकाेमा धन्यवाद ज्ञापन गरेका थिए ।


Advertisement
Advertisement
Advertisement

पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाका अध्यक्ष सन्देश पाेख्रेलले वृक्षाराेपण गर्ने मात्र नभई राेपण गरिएका वृक्षकाे सम्वद्धन गर्नु आफ्नाे दायित्व भएकाेले त्यसतर्फ पनि आफुले ध्यान दिने प्रतिबद्धता ब्यक्त गरे

पहिलाे पाईला नेपाल तिलाेत्तका शाखा तथा बुटवल शाखाका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थितिमा आज २४८ वृक्ष राेपण गरिएकाे र हालसम्म यस अभियान अन्तर्गत लक्ष्यकाे ४१.४६ प्रतिशत वृक्ष राेपण गरीएकाे जानकारी गराईएकाे थियाे ।

साथै पहिलाे पाईला नेपाल तानसेन शाखा पाल्पाकाे तर्फबाट याेजनामा पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ११ बन्दिपाेखरा स्थित श्री चण्डिका आधारभुत विद्यालयका अध्ययनरत आर्थिक रुपले विपन्न परिवारका १५ जना विद्यार्थीलाई भाग्य बाेक्ने झाेला वितरण गरिएकाे छ । तानसेन नगरपालिका वडा नं. ११ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता यादव सिंह कार्किकाे प्रमुख आतिथ्यता, पहिलाे पाईला नेपाल केन्द्रीय सचिव पारस मरासिनीकाे विशेष आतिथ्यता, पहिलाे पाईला नेपाल तानसेन शाखा पाल्पाका अध्यक्ष कृष्ण बहादुर राउत लगायत पदाधिकारी तथा सदस्यकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे । पहिलाे पाईला नेपालले शिक्षा अभियान अन्तर्गत आर्थिक रुपले विपन्न, असहाय ,शारीरीक रुपले अशक्त तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरुसहितकाे भाग्य बाेक्ने झाेला विभिन्न शाखा मार्फत वितरण गरिरहेकाे छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad