ढुंगाले हानेर आफ्नै दाजुको हत्या गर्ने बागलुङका मनबहादुर पक्राउ
९५३
बागलुङ: घरायसी विवादमा ढुंगा प्रहार गरेर आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन्।
ढोरपाटन नगरपालिका वडा नम्बर-६ छेन्तुङका ५० वर्षीय सतबहादुर विकको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय मनबहादुर कामीलाई पक्राउ गरेको हो । असार १४ गते कामीले विकको हत्या गरेका थिए । विक र कामी सहोदर दाजुभाइ हुन्।
यो पनि: ढोरपाटनमा ढुंगाले हानेर एक व्यक्तिको हत्या
आइतबार जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।