Advertisement
विज्ञापन

बर्दघाट नगरपालिकाले ल्यायो ९० करोड बढीको बजेट



Advertisement
विज्ञापन

 प्रकाश न्यौपाने 

बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । आज बुधबार बर्दघाट नगरपालिकाको १२ औं नगरसभामा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।


Advertisement
Advertisement
Advertisement

जस अन्तरगत ५६ करोड ४२ लाख अर्थात ६२.३५ प्रतिशत चालु खर्च र ३४ करोड ६ लाख ५६ हजार अर्थात ३७.६४ प्रतिशत पुँजीगत बजेट विनियोजन गरिएको छ । नगरपालिकाले विनियोजन गरेको ९० करोड ५० लाखको बजेटमा सामाजिक सुरक्षा भत्ता भने नसमेटिएको नगरपालिकाले जनाएको छ ।

उक्त बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण, समपुरक अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड र शसर्त अनुदान समेत समावेश भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शिक्षा क्षेत्रको लागि कुल बजेटको ३०.०४ प्रतिशत अर्थात २७ करोड १९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले सडक विकास, विस्तार तथा स्तरउन्नतिको लागि कुल बजेटको १३.६२ प्रतिशत अर्थात १२ करोड ३३ लाख ४० हजार रुपैयाँ विनियोजना गरेको छ । कृषि, सिँचाई र पशुविकास प्रवद्र्धनको लागि कुल बजेटको ७.२४ प्रतिशत अर्थात ६ करोड ५५ लाख ७९ हजार विनियोजन गरिएको छ ।

नगरपालिकाले भवन तथा शहरी विकास, खानेपानि तथा सरसफाई, सूचना तथा संचार, पर्यटन, विद्युत तथा वैकल्पिक उर्जा, स्वास्थ्य तथा पोषण, युवा तथा खेलकुद, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला तथा संस्कृति, वन तथा वातावरण विपद् व्यवस्थापन, श्रम तथा रोजगार, संस्थागत विकास तथा सेवा प्रवाह को क्षेत्रमा बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्ष २०७९÷८० को लागि भने नगरपालिकाले ९४ करोड ५ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad