Advertisement
विज्ञापन

भाग्यमानी वडावासी



Advertisement
विज्ञापन

पदका ठुलाे भएका कारणले काठमाडौ महानगर पालिकाका मेयर बालेन शाह ,धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले गरेका हरेक कामकाे मिडियामा बाहिर आउँछन् र राम्रै चर्चा बटुल्छन ।हुनपनी उनिहरुले राम्रो काम गरेका छन ,ठुलाे ठाउँमा छन र चर्चा भईरहन्छ तर वडा स्तरमा जितेका जन प्रतिनिधिले आफ्नो ठाउँमा उनिहरुले जत्तिकै काम गरेपनि वडाका जनप्रतिनिधि ओझेलमा छन ।
स्थानीय तहकाे निर्वाचन डेढ वर्ष पूरा हुँदैछ यी दिनहरु रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीलाई एक छिन फुर्सद छैन ।

मानौँ उनी मशिन हुन र उनी हर हमेशा स्टार्ट हालतमा रहनुपर्छ । त्यसाेत उनी निर्वाचित हुनुभन्दा अघि पनि सामाजिक काममा खटिरहने व्यक्ति हुन तर वडा सदस्यमा निर्वाचित भएपछि त झन भन्नै परेन ।रुरुक्षेत्र गाउँपालिका वडा न १ काे वडा सदस्य निर्वाचित हुने बित्तिकै रुरु १ कै भट्कुवामा बिजुलीका पाेल व्यवस्थित मात्र गरेनन बिजुलीका लत्रेका तार टाँगेर बत्ति नबलेका घरमा बिजुली बालिदिने काम गरे ।एउटा वडा सदस्य बिजुलीका पाेल पाेलमा चढेर काम गरेकाे देख्दा त्याे गाउँका वासिन्दाहरु दँग परे ।याे उनकाे फाेटाे खिच्नका लागि गरिएकाे स्टन्ट थिएन ,कम्मरमा सेफ्टिबेल्ट बाँधेर उनले एउटा कामदार ले झैँ काम गरे ।


Advertisement
Advertisement
Advertisement

त्यतिमात्र कहाँ हाेर ,रिडीबजारका टाेलटाेलमा सडक बत्ति हाल्ने काम पनि उनै वडा सदस्य घनस्याम ज्ञवालीले गरे । जाेखिमसँग पैँठेजाेरी खेल्दै उनले गरेका कामले रुरुक्षेत्र १ का आम जनताकाे मनमा उनी बस्न सफल भएका छन ।गएकाे जेठमा रुरुक्षेत्रकाे ठाडाखाेलाबाट माथिकाे जँगलमा भयानक आगलागी भयाे त्याे आगाेकाे तातो ज्वालामा आगाे निभाउन नेतृत्व मात्र गरेनन उनकै प्रयासमा भयानक आगलागीबाट सिँगाे च्यूरेक बस्ति जाेगिएकाे थियाे ।

यतिबेला च्यूरेक पिउने पानीकाे अभावमा छट्पटिएकाे छ ,पानीकाे मुल सुकेपछि मान्छेले पिउन ,बस्तुभाउलाई बचाउन पानीकाे बेस्सरी अभाव भएकाे छ तर वडा सदस्य घनस्याम ज्ञवालीले हिम्मत हारेका छैनन । ट्याँकरमा रिडीबाट पानी ल्याएर च्यूरेकी जनताको घाँटि भिजाउने अभियानमा उनी आफै खटेका छन।

जनताले अप्ठ्याराेमा सहयाेग गर्लान भनेर हामीलाई जिताएका हुन जनताले पाएकाे दुख पिर मर्का मैले देख्न सक्दिन र सहयाेगका लागि आफै कँसिन्छु वडा सदस्य घनस्याम ज्ञवालीले भने ।यतिबेला रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा पुराना सडक पुनर्निर्माण भएका छन ,नयाँ सडकका ट्र्याक खाेलिएका छन ,पँधेरा पुनर्निर्माण भएका छन ,खाेला खाेल्सामा पुल पुलेसा बनेका छन सबै तिर उनै घनस्याम ज्ञवाली खटन पटनमा छन ।

याे वर्ष कहिल्यै नभएकाे रुरुक्षेत्र १ च्यूरेककाे लिचि प्रबर्द्धन र लिचिकाे राेग पहिचान र निराकरण सँगै लिचिमा भिटामिन छर्ने काम पनि उनै घनस्याम ज्ञवालीकाे नेतृत्वमा भएकाे छ ।यिनै घनस्याम ज्ञवाली हुन जस्ले थाेर्गा गाउँमा केबल नेटवर्क भित्राएर सन्चारकाे पहुँचलाई सरल बनाएका हुन र यतिबेला इन्टरनेट सेवा पनि गाउँ भरि उनैले बितरण गरेका छन ।

राजनीति भन्दापनि विकास निर्माण ,समाज सेवा मा समर्पित उनले २०७४ साल सम्म नेपाली काँग्रेसमा झुकाव राख्थे तर २०७४ सालपछि उनी स्वतन्त्र थिए ।गएकाे निर्वाचनमा उनलाई एमालेले वडा सदस्यमा टिकट दियाे । रुरुक्षेत्र १ बाट ९ सय ६५ भाेट ल्याएर वडा सदस्यमा विजय भएपछि यतिबेला राजनीति भन्दा पनि वडाकाे विकासमा जनता सँग एकाकार हुँदै लाेकप्रिय जनप्रतिनिधि बन्न सफल भएका छन।कृष्ण अन्जान ज्ञवाली



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad