Advertisement
विज्ञापन

रामपुर नगरपालिकाद्धारा नगर सल्लाहकारहरु संग आगामी आ.व.को नीति तथा कार्यक्रमका लागि राय सुझाव संकलन तथा छलफल



Advertisement
विज्ञापन
पाल्पा , रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको बार्षिक नीति तथा बजेट तर्जुमाको लागि राय , सुझाव संकलन गरेको छ । नगरपालिकाले बुधवार नगर सल्लाहकारहरु संग नीति तथा कार्यक्रम एवं योजनाका लागि सुझाव संकलन सहित छलफल गरेको हो । छलफलमा सहभागि हुँदै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले हरेक तहमा पहुँचको आधारमा बजेट विनियोजन गर्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले स्थानीय , प्रदेश र केन्द्र सरकारले योजना तय तथा बजेट विनियोजन गर्दा पहुँचको आधारमा गर्नु उचित नभएको बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले अहिले कृषिलाई पहिलो प्राथमिकता दिएको भन्दै नगरले पनि यस पटकको बजेटमा कृषि , शिक्षा र स्वास्थ्य क्षेत्रलाई मध्यनजर गरेर निर्माण गर्न आग्रह गर्नुभयो ।
सांसद श्रेष्ठले खानेपानीका लागि रामपुर साना शहरी खानेपानी आयोजना सञ्चालनमा रहेका क्षेत्रमा खानेपानीका लागि बजेट नराख्न आग्रह गर्दै यसका लागि संघीय सरकारबाट आवश्यक बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले बजेट बिनियोजन गर्दा तिनै तहबाट नदोहोरिने गरि राख्न आग्रह गर्दै आफुले १९ वटै वडालाई समेट्ने गरि बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नगर सल्लाहकार विष्णुदेवि घिमिरे आचार्यले जनताको आधाभूत आवश्यकतालाई मध्यनजर गरि योजना तर्जुमा गर्नु पर्नेमा जोड दिनुभयो ।
साथै एक वडा एक गौरव योजना सञ्चालन कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा नगर सल्लाहकार विष्णुमाया ढकालले आर्थिक विकासको कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने भन्दै नगरको आन्तरिक आम्दानी बृद्धिका लागि स्रोतको पहिचान गर्न सुझाव दिनुभयो । साथै तिनै तहका जनप्रतिनिधिले रामपुरलाई मेरुदण्डको बनाएर का मर्ग आवश्यक रहेको बताउनुभयो । यस्तै सल्लाहकार देवराज ढकालले सबै जनताले रामपुर नगरपालिकाको विकासको अनुभूति गर्ने गरि काम गर्न अनुरोध गर्नु भएको छ ।
उहाँले नगर स्तरिय र वडा स्तरिय योजना छुट्याई सबैलाई समेट्ने गरि बजेट बनाउनु पर्ने सुझाउनुभयो । यसैगरी सल्लाहकार नेत्र प्रसाद भट्टराईले तिनै तहका सरकार र जनप्रतिनिधि विच समन्वयको अभावले कतिपय योजना दोहोरिने भन्दै कुनै राजनितिक पूर्वाग्रह नराखि योजना निर्माण गर्नु पर्ने बताउनु भएको छ । उहाँले सुशासनको पक्षलाई मजबुत बनाई आन्तरिक आय बृद्धिका लागि विषेश रणनितिका साथ अगाडी बढ्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा सल्लाहकार कमलराज भट्टराईले नगरको समुचित विकासका लागि गुरुयोजना बनाएर प्राथमिकताको आधारमा योजना सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो । साथै ठुला योजना नगरबाट र साना योजना वडाबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । यस्तै सल्लाहकार कृष्ण प्रसाद पौडेलले नगरको विकासका लागि आर्थिक पक्ष संगै सुशासनको पक्षलाई पनि ध्यान दिनु पर्ने बताउनु भएको छ । उहाँले कार्य सम्पादन समयमा हुन आवश्यक रहेको बताउनुभयो । यसैगरी नगर सल्लाहकार उमनाथ अर्यालले नगरको विकास र समृद्धिका लागि हरेक क्षेत्रमा विषयगत शाखाका विज्ञ राखेर काम गर्नु पर्ने बताउनु भएको छ ।
साथै नगरका विद्यालयको शैक्षिक गुणस्तरबृद्धिको योजना तय गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरबासीको आवश्यकताको आधारमा योजना नीति तथा कार्यक्रम तय गरिने बताउनु भएको छ । उहाँले नदोहोरिने गरि बजेट तथा योजना निर्माण गरिने बताउनुभयो । थापाले नगर भित्र सञ्चालन हुने हरेक योजनाको जानकारी नगरपालिकालाई हुनु पर्ने भन्दै सवै संगको समन्वयमा बजेट निर्माण गर्ने बताउनुभयो । साथै नगर सल्लाहकारहरुको सुझावलाई आगामी आर्थिक बर्षमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले रामपुरको पहिचान दिने खालका योजनालाई यस बर्ष प्राथमिकतामा राखिने बताउनु भएको छ । नगरपालिकाको नगर सल्लाहकारमा मनोनयन हुनु भएका सल्लाहकारहरुलाई बधाई दिंदै नगर प्रमुख थापाले नगरको विकासका लागि रचनात्मक र सकारात्मक सुझाव दिन आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले संघ र प्रदेशबाट नगरपालिकाका लागि विनियोजित बजेट र कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।
उहाँले करिब ६८ करोड ८ लाख ४३ हजार ३ सय ४८ रुपैयाँ बराबरको बजेट मध्ये करिब १६ करोड रुपैयाँ मात्र विकास बजेट निर्माण गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले जनताको आवश्यकतालाई मध्यनजर गरि नगरको विकास र समृद्धिलाई ध्यानमा राखेर आगामी आर्थिक बर्षको योजना तय गरिने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नु भएको थियो ।


Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad