Advertisement
विज्ञापन

शितगंगामा प्रथम अर्घाखाँची जिल्ला न्यायिक सम्मेलन



Advertisement
विज्ञापन

बिकास घिमिरे
अर्घाखाँची, ६ असार । अर्घाखाँचीको शितगंगा नगरपालिकाले प्रथम अर्घाखाँची जिल्ला न्यायिक सम्मेलन सम्पन्न गरेको छ। शितगंगा नगरपालिकाको वडा नं. ४ को भेडामारामा न्यायिक सम्मेलनको आयोजना गरि जिल्ला स्तरिय न्यायिक सञ्जाल गठन गरिएको छ । न्यायिक सम्मेलनको उद्घाटन गर्दै पर्यटन राज्यमन्त्री शुसिला श्रीपालीले न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित गर्ने, प्रभावकारी र गुणात्मक बनाउँन आग्रह गरिन् ।

न्यायिक समितिका पदाधिकारीहरु बिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्ने उदेश्यका साथ पहिलो पटक सम्मेलनको आयोजना गरिएकोे शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले बताए ।


Advertisement
Advertisement
Advertisement

प्रथम न्यायिक सम्मेलनले १२ बुंदे शितगंगा घोषणापत्र प्रस्तुत गरिएको छ । न्यायिक सम्मेलनमा उच्च अदालत तुल्सिपुर बुटवल इजालसका माननिय न्यायधिस चन्द्र बहादुर सारु, बिशेष अदालत काठमाडौका रजिस्टार अशोक कुमार क्षेत्री , जिल्ला अदालत अर्घाखाँची श्रेस्तेदार महेश खनालले न्यायिक समितिको काम कर्तव्य र अधिकारका बारेमा कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले शितगंगाको न्यायिक अबस्था र चुनौती तथा कानुनी जटिलताको बारेमा प्रस्तुति राखे । सम्मेलनबाट शितगंगा नगरपालिकाका उपमेयर गिता भाटको अध्यक्षतामा १३ सदस्यीय र जिल्ला स्तरिय न्यायिक सञ्जाल गठन गरिएको छ । जसको सदस्य सचिवमा केशवप्रसाद बेल्बासे तथा सदस्यहरुमा जिल्लाका सम्पुर्ण स्थानिय तहका उपप्रमुख तथा विभिन्न न्यायिक सदस्यहरु रहने गरि सञ्जाल गठन गरिएको हो ।

कार्यक्रममा अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलनमा प्रतिनिधी सभा सदस्य विजुला रायमाझी, पुर्व प्रदेशसभा सदस्य निर्मला क्षेत्री, ६ वटै स्थानिय तहका उपप्रमुख प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वयका समितिका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी ,जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, शितगंगा नगरपालिकाका कार्यपालिका सदस्यहरु , पुर्वमेयर ,उपमेयर लगायतको उपस्थिती रहेको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad