Advertisement
विज्ञापन

तीन सय पाकिस्तानीको मृत्यु भएको आशंका



Advertisement
विज्ञापन

ग्रीसमा भएको भयानक डुङ्गा दुर्घटनामा तीन सयभन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका गरिएको छ ।

उक्त दुर्घटनापछि पाकिस्तान सरकारले मानव तस्करविरुद्ध कारबाही सुरु गर्दै देशका विभिन्न भागबाट १२ संदिग्धलाई पक्राउ गरेको छ।


Advertisement
Advertisement

ग्रीसको तटमा करिब ७५० यात्रु बोकेको माछा मार्ने डुङ्गा पल्टिँदा धेरैको मृत्यु भएको हुन सक्ने जनाईएको छ । हालसम्म १२ जना पाकिस्तानी जीवितै फेला परेका छन् ।

‘सो दुर्घटनाले गैरकानूनी रूपमा युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने पाकिस्तानीहरूको दुर्दशालाई उजागर गर्‍यो’ सरकारका आलोचकहरुले टिप्पणी गरेका छन् ।

समाचार अनुसार दुर्घटनाग्रस्त डुङ्गामा ४ सय पाकिस्तानी, २ सय इजिप्ट र १ सय ५० सिरियाली नागरिक थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement