Advertisement
विज्ञापन

पाल्पाको तिनाउमा डुबेर ९ जनाको मृत्यु



Advertisement
विज्ञापन

बुटवल । पाल्पाको तिनाउमा गर्मीयाममा घुम्न आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरु डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ । तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भुत खोला, विद्युत ड्याम साइड तथा वडा नम्बर २ को खुर्साने लगायतका स्थानमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको प्रहरीले जनाएको छ । गर्मी छल्न आउने पर्यटकहरु यहाँका खोला तथा पोखरीहरुमा आवश्यक सुरक्षा मापदण्डा वितपरित फोटो खिच्ने, पौडी खेल्ने लगायतका गतिविधि गर्ने क्रममा दुर्घटना हुने गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

यसैगरी पाल्पा जिल्लाकै कालिगण्डकी नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ । जिल्लाभर विभिन्न ठाउँमा पछिल्लो एक वर्षको अवधिमा १० जना पुरुष, २ जना महिला, ५ जना बालक र ४ जना बालिका गरी २१ जनाले ज्यान गुमाएका छन् । स्थानीय स्तरमा पार्क तथा स्नान स्थलको रुपमा रहेका खोला, पोखरीमा आवश्यक सुरक्षा अपनाउन र ती क्षेत्रहरुमा हुन सक्ने दुर्घटना बारे स्थानीयस्तरबाटै पर्यटकहरुलाई जानकारी गराउनु पर्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा बताउँछन् । गर्मीको समयमा पौडी खेल्ने क्रममा सुरक्षा अपनाउन आग्रह गर्दै उनले वर्षायाम पनि सुरु भएका कारण बाढी लगायतका प्रकोपबाट सचेत हुनु पर्ने उल्लेख गरे ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad