Advertisement
विज्ञापन

महिलालाई आत्मनिर्भर बनाउन बडिगाडले दियो चप्पल बनाउने तालिम



Advertisement
विज्ञापन

बागलुङको बडिगाड गाउँपालिकाले महिलाहरुको आयआर्जन वृद्धि गरी स्वरोजगार बनाउने उदेश्यले चप्पल बनाउने तालिम दिएको छ ।गाउँपालिकाको आयोजनामा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सिपमा आधारित १५ दिने चप्पल बनाउने तालिमको सोमबार समापन गरिएको हो ।

गत जेठ २१ देखि शुरु भएको तालिम तिन चरणमा संचालन गरिएको थियो । तालिममा विभिन्न वडाबाट ५६ जना महिलाहरु सहभागी भएका थिए । तालिमको सहजीकरण शोभा कंडेल तिम्सीनाले गर्नुभएको थियो ।


Advertisement
Advertisement
Advertisement

तालिम समापन कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भर संगै आर्थिक समृद्धि हने बताउनुभएको छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष भिमसेन वनले तालिमबाट प्राप्त ज्ञान र सिपको उच्चतम प्रयोग गरि व्यवसायिक बन्न आग्रह गर्नुभयो ।

महिलाहरुलाई स्थानीय बजारमा बिक्री हुने आर्कषक चप्पल बनाउन सिकाएर आयआर्जनको वातावरण सृजना गर्न तालिम आयोजना गरिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।सागर भण्डारी



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad