Advertisement
विज्ञापन

गुल्मीमा बढ्यो गर्मी : पानीका मूल सुके, अधिकांश विद्यालय बन्द



Advertisement
विज्ञापन

कृष्ण अन्जान, गुल्मी ।  मधेस त गर्मीको तापले रापिएको छ नेै, पहाडमा पनि यो वर्ष सहनै नसकिने गर्मी छ । गुल्मीको रुरुक्षेत्रका गाउँहरुको तापक्रम पनि ३५ डिग्री सेल्सियसदेखि ३७ डिग्रीसम्म पुगेपछि सित्तल खोज्न गाउँघरका वर पिपल स्वामी पाँकुरीका फेँदका चौपारीहरुमा पुग्न स्थानीय वासिन्दाहरु बाध्य छन ।

रुरुक्षेत्रकै केही गाउँहरुमा मुलको पानी सुक्दा पिउने पानीको हाहाकार छ । रुरुक्षेत्र गाउँ पालिका वडा न १ को उपल्लो च्यूरेकमा पानीको मुल सुकेपछि पिउने पानी नहुँदा स्थानीय वासिन्दा काकाकुल को अवस्थामा छन ।


Advertisement
Advertisement
Advertisement

पानीको अत्यधिक समस्या देखिएपछि रुरुक्षेत्र गाउँ पालिका वडा न १ को पहलमा रिडीबाट ट्याँकरमा पानी ओसारेर पानी बितरण गर्नुपरेको रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले बताए । “पानीको अभावले च्यूरेकवासी तडपिएको देख्न सकिएन, त्यसैले वडाले ट्याँकरमा पानी ओसारेर बितरण गर्यौँ” वडा सदस्य ज्ञवालीले भने ।

गर्मी बढेपछि रुरुक्षेत्र गाउपालिका गुल्मीमा अधिकांस विद्यालयले बिदा दिएका छन । बर्षे बिदामा समायोन हुने गरि असार ४ देखि ८ गतेसम्म सम्बन्धीत विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार बिदा मिलाएको रुरुक्षेत्र गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख झबिलाल बिकले बताए।

केहि आधारभुत विद्यालय, संस्थागत बिद्यालय र माध्यमिक विद्यालयले विदा दिएका छन । गर्मीको मारबाट विद्यार्थी जोगाउन विदा दिईएको रिडी माध्यमिक विद्यालयका प्रधानाध्यापक रोहित भण्डारीको भनाई छ ।

रुरुक्षेत्रका विद्यालय असार ४ देखि ८ गते सम्म गर्मी विदाको रुपमा बन्द रहनेछन ।

images


Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad