Advertisement
विज्ञापन

फेवातालकाे जग्गा मिचेर बनाईएका सँरचना हटाउन सर्वोच्चकाे फैसला



Advertisement
विज्ञापन

पाेखरा । फेवातालको जग्गा मिचेर बनाएको अवधै संरचना भत्काउन सर्वोच्च अदालतले फैसला सुनाएको छ ।तालको मापदण्द मिचेर भौतिक संरचना बनाएकाले भत्काउन माग गर्दै अधिवक्ता खगेन्द्र सुवेदीको दायर गरिएको दोस्रो मुद्दामा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासले ६५ मिटरभित्र निर्माण भएका सबै संरचना भत्काउन परमादेश जारी गरेको हो।


Advertisement
Advertisement
Advertisement

सर्वोच्चले यसअघि पनि अवैध संरचना अध्ययन गरी भत्काउन भनेको थियो। फेवातालको जग्गा कब्जा गरी भू–माफिया र होटलवालाहरुले रिर्सोट लगायतका संरचना बनाएका थिए। फेवाताल अतिक्रमणविरुद्ध लामो समय देखि सुवेदी सर्वोच्चमा मुद्दा लडिरहेका थिए।

सर्वोच्चमा मुद्दा विचाराधीन हुँदै गर्दा तत्कालीन मेयर मानबहादुर जिसीले मापदण्ड घटाएका थिए। उनले ६५ मिटरको सट्टा ३० मिटरमात्र कायम गर्ने निर्णय गरेपछि विवाद भएको थियो। उक्त निर्णयमा पनि सर्वोच्चले बदर गर्दै ६५ मिटर नै कायम गर्न आदेश गरेको छ।

सर्वोच्चको यो आदेशपछि फेवाताल किनाराका सबै अवैध संरचना भत्काउने बाटो खुलेको छ।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad