Advertisement
विज्ञापन

जुवातास खेलिरहेको अवस्थामा तानसेन बाट नगद सहित १० जना पक्राउ



Advertisement
विज्ञापन

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले जुवातास खेलिरहेको अवस्थामा तानसेन बाट नगद सहित १० जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो तानसेन नगरपालिका–१ भूसालडाँडा स्थित एक घर बाट पक्राउ गरेको हो ।

जिल्ला कार्यालय पाल्पा बाट खटिएको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले गोप्य सूचनाको आधारमा भूसालडाँडा स्थित गुल्मी रेसुङ्गा ताल्तुङ्ग होटल रहेको घरको तेस्रो तलबाट उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ६६ हजार ८ सय २५ रुपैयाँ र २ हजार १५ थान तास समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

खानतलासी गर्ने क्रममा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पाल्पाबाट मुलुकी अपराध संहिता २०७४ दफा १२५ बमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad