Advertisement
विज्ञापन

बडिगाडका कृषकलाई पशु चौपाया र कृषि सामाग्री



Advertisement
विज्ञापन

बागलुङको बडिगाड गाउँपालिकाका कृषकहरुलाई पशु चौपायाँ र कृषि सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले वडा नं ८ का कृषकहरुलाई बाख्रा, राँगा र त्रिपाल वितरण गरेको हो ।

गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत स्वीकृत विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमबाट कृषि ज्ञान केन्द्र बागलुङको ९० प्रतिशत अनुदानमा कृषकहलाई पशुचौपाया र कृषि सामाग्री वितरण गरिएको हो ।


Advertisement
Advertisement

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ८ को रणसिंकिटेनीमा सञ्चालित मुख्यमन्त्री कृषि कार्यक्रम मार्फत २० जना कृषकलाई त्रिपाल, १ सय २० वटा बाख्रा र २ वटा बोयर राँगो वितरण गरिएको हो ।

रणसिंकिटेनीको भेडीखोरमा जानजाती र दलीत समुदायका बिपन्न बस्ती छ । दलीत र बिपन्न बस्तीमा सानो लगानी अभावमा कृषि उद्यम संचालन गर्न कठिनाइ भएको गुनासो आएपछि केन्द्रले यो अभियान थालेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपप्रमुख भिमसेन वन लगायतको उपस्थिति रहेको थियो ।सागर भण्डारी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement