मुसिकोट न.पा.वडा नं.२ स्थित ढ्वाटे खोला खस्थोक अमराई खानेपानी आयोजना सञ्चालनमा आएको छ । खानेपानीको मुहानको विवादलाई लिएर लामो समयदेखि अवरुद्ध उक्त आयोजना सञ्चालनमा आएको हो ।
केही दिन अगाडीे मुहानको विषयमा रहेको विवाद समाधान भएपश्चात आयोजनाको काम धमाधम चलिरहेको थियो । अहिले उक्त खानेपानी आयोजना सञ्चालन भएसगैं एक घर एक धारा कार्यक्रम अन्तर्गत स्थानीयले शुद्ध खानेपानी पिउन पाएका हुन् ।
उत्त खानेपानी आयोजना मार्फत वडा नं-२ का थुम्का, सालचौर र आँपाचौर लगायतका ८२ घरधुरीका उपभोक्ता प्रत्यक्ष लाभान्वित भएको वडाध्यक्ष रविन्द्र केसीले जानकारी दिनुभयो ।
“बर्षौँ देखिको मुहानको विवादले खानेपानी आयोजना सञ्चालन हुन नसक्दा खानेपानीबाट बञ्चित भएका नागरिकहरुलाई शुद्ध खानेपानी पुर्याउन पाउँदा यो एउटा ठुलो उपलब्धी हो भन्ने लागेको छ । वडाध्यक्ष केसीले भन्नुभयो -यसलाई ठुलो उपलब्धीको रुपमा लिएको छु ।”
वडाध्यक्ष केसीले ३ वर्षदेखिको खानेपानीको विवाद समाधान गरेर वडाबासीहरुलाई एक घर एक धारा मार्फत घर घरमा खानेपानीको पहुँच पुर्याउन पाउँदा खुसी लागेको समेत बताउनुभयो ।