Advertisement
विज्ञापन

जैमिनीमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै



Advertisement
विज्ञापन

बागलुङको जैमिनी नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिब विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले नगरपालिकाले असार २ गते नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

जैमिनी नगरपालिकाको आयोजना एवम् धौलागिरी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा विशेषज्ञ डाक्टरहरुद्धारा बालरोग, हाडजोर्नी तथा नसा रोग, पत्थरी तथा पिसाब रोग, पेट, छाती तथा मुटु रोग, स्त्री तथा प्रसूती रोग र दाँत तथा मुख रोग सम्बन्धी सेवा दिईने नगरपालिकाले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

नगरपालिकाको वडा नं ७ बेलबगर जैदी स्थित संस्कृत माध्यमिक विद्यालयमा सञ्चालन हुने शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन नगरपालिकाले अनुरोध समेत गरेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad