Advertisement
विज्ञापन

पाणिनीमा दुईदिने युवा नेतृत्व विकास तालिम सञ्चालन



Advertisement
विज्ञापन

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा युवाहरुलाई नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ । पाणिनी गाउँपालिकाको आयोजना र जनचेतना सरोकार मञ्चको सहजीकरणमा सञ्चालन भएको तालिम २ दिनसम्म सञ्चालन हुने भएको छ ।

तालिमको उद्घाटन गर्दै पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले ‘तालिम तालिमका लागी मात्र नभई सिकेको कुरा व्यवहारमा प्रयोग गर्न आग्रह गरेका छन् ।’ अध्यक्ष न्यौपानेले युवाहरु नेतृत्वमा आउँने समय भएकाले युवाले गरेको नेतृत्व सवल र सक्षम हुनुपर्नेमा जोड दिए ।


Advertisement
Advertisement
Advertisement

गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले युवा, महिला, दलित, जनजाति तथा सबै क्षेत्रका लागी गाउँपालिकाले ध्यान दिएर तालिमहरु सञ्चालन गरेकाले तालिममा सहभागीहरुले धेरै भन्दा धेरै सिक्नका लागी आग्रह गरिन् ।

प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले समाज परिवर्तनमा युवाहरूको भुमिका महत्वपुर्ण रहेको उल्लेख गरेका छन् । युवाहरुलाई सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिई सभ्य समाज निर्माणमा युवाहरूलाई समर्पित नगराएसम्म मुलुकको समग्र विकास नहुने बताए ।

उद्घाटन कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, आ.ले.प. शाखा प्रमुख रामचन्द्र चुदाली, पत्रकारहरु लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम जनचेतना सरोकार मञ्चका उपाध्यक्ष बसन्त केसीको अध्यक्षता, महासचिव झविन सुनामको सञ्चालनमा सम्पन्न भएको हो ।

असार ३ र ४ गते सम्म सञ्चालन हुने रिमा विसी र डेमबहादुर नेपालीले तालिममा प्रशिक्षण दिएका छन् । तालिममा करिब ५० जनाको सहभागीता रहेको छ ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad