Advertisement
विज्ञापन

घरमा महिलाले नेतृत्व गर्नेमा अर्घाखाँचीमा, भुमिकास्थान पहिलो स्थानमा (तस्बिर सहित )



Advertisement
विज्ञापन
अर्घाखाँची – घरमा महिलाले नेतृत्व गर्नेमा अर्घाखाँचीमा भुमिकास्थान पहिलो स्थानमा देखिएको छ । २०७८ मङ्सिर ९ गते गरिएको राष्ट्रिय जनगणना अनुसार अर्घाखाँचीमा परिवारमा महिलाले नेतृत्व गर्नेमा भुमिकास्थान सबैभन्दा अगाडि देखिएको छ भने शितगङ्गा नगरपालिका पछाडि देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा सन्धिखर्कमा सार्वजनिक गर्दै यस्तो जानकारी गराइएको हो ।
May be a doodle of 5 people and text
तथ्यांक अनुसार भुमिकास्थानमा ५० दशमलव ४ प्रतिशत र शितगङ्गामा ३९ दशमलव ३ प्रतिशत महिलाले घरको नेतृत्व गर्दै आएका छन् । तथ्यांक अनुसार २०७८ मङ्सिर ९ गतेसम्म अर्घाखाँचीको जनसंख्या १ लाख ७७ हजार ८६ रहेको छ । जसमा ९६ हजार ४ सय १४ महिला र ८० हजार ६ सय ७२ पुरुष रहेका छन् । यस्तै अर्घाखाँचीको जनसंख्या वृद्धिदर -१ दशमलव ०५ प्रतिशतले घटेको देखिएको छ । भने सन्धिखर्कमा ० दशमलव ३२ प्रतिशले जनसंख्या वृद्धि भएको देखिएको छ । अर्घाखाँचीमा ४८ हजार ४ सय ६५ परिवारमा औसतमा प्रती परिवार ३ दशमलव ६५ जनाका दरले मानिस बसोबास गर्दै आएका छन् ।
May be an image of 1 person and text
जिल्लामा १० बर्षदेखि १४ बर्ष उमेर समुहका नागरिक सबैभन्दा धेरै १० दशमलव २७ प्रतिशत देखिएका छन् । यस्तै १५ बर्ष मुनिका २८ दशमलव ४ प्रतिशत र ५९ बर्ष माथिका १३ दशमलव ८७ प्रतिशत नागरिक अरुको आश्रयमा जीवन धान्ने अवस्थामा छन् ।
May be an image of 9 people
२०७८ को जनगणनाअनुसार अर्घाखाँचीमा ८० प्रतिशत नागरिक साक्षर देखिएका छन् । जसमा ८७ दशमलव ७ प्रतिशत पुरुष र ७३ दशमलव ८ प्रतिशत महिला साक्षर देखिएका छन् । अर्घाखाँचीमा जम्मा जनसंख्याको ३ दशमलव ५ प्रतिशत नागरिकमा कुनै न कुनै प्रकारको अपांगता रहेको देखिएको छ । यस्तै यो जिल्लामा ८३ दशमलव ७ प्रतिशत नागरिकले पक्की शौचालयको प्रयोग गर्ने र अझैपनी १ दशमलव १ प्रतिशत नागरिकले कुनै किसिमको चर्पी प्रयोग नगरेको देखिएको छ । यस्तै ९५ दशमलव ७ प्रतिशत नागरिकले बिजुली, ८९ दशमलव २ प्रतिशतले धारा/पाइपको खानेपानी, ८८ दशमलव ३ प्रतिशत नागरिकले दाउराको प्रयोग गर्ने गरेका छन् ।
May be an image of 7 people
अर्घाखाँचीमा ९१ दशमलव ५ प्रतिशत नागरिक कुनै न कुनै काममा जोडिएका छन् । भने ८६ हजार ७ सय ८४ जना नागरिकले आर्थिक उत्पादन हुने गरि काम गर्न नपाएको पाइएको छ । २०६८ देखि २०७८ सम्म अर्घाखाँचीमा ३९ हजार ५ सय ८६ जनाले बसाइँसराइ गरेका छन् । यसरी बसाइँसराइ गर्नुको प्रमुख कारण बिवाह र बेरोजगारी देखिएको छ । अर्घाखाँचीमा प्रमुख भाषा नेपाली दोस्रोमा मगर भाषा प्रयोगमा ल्याउने गरेको देखिएको छ ।
May be an image of 4 people, table, dais and text
१५ भाषा दोस्रो भाषाको रूपमा प्रयोगमा रहेका छन् । यस्तै ३२ जातजातिका नागरिक बसोबास गर्ने भएपनी अर्घाखाँचीमा सबैभन्दा धेरै ब्राह्मण रहेका छन् भने १ लाख ७४ हजार ३४ जनाले हिन्दु धर्म मान्दै अएका छन् । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता,जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यता र जिल्ला स्थित सुरक्षा निकाय,सरकारी कार्यालय,पत्रकार तथा अन्य सरोकारवाला संघ/ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा तथ्यांक सार्वजनिक गरिएको हो ।
May be an image of 10 people
कार्यक्रम अर्घाखाँची,कपिलवस्तु र रुपन्देही हेर्नेगरी कपिलवस्तुमा स्थापना भएको तथ्यांक कार्यालयको तर्फबाट तथ्यांक अधिकृत नन्दलाल कुर्मी र कार्यालय सहायक सुधन घिमिरेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।गोपाल प्रसाद भट्टराई Arghakhanchi.Com
थप तस्बिर:
May be an image of lighting, dais and text
May be an image of 3 people, speaker, table, lighting, dais and text
May be an image of 6 people, table, speaker, television, lighting, dais and text1


Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad