Advertisement
विज्ञापन

सहकारीको करोडौ रकम ठगी गर्नेलाई उन्मुक्ति



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको एक सहकारी संस्थामा करोडौ रकम ठगी भएको पुष्टि हुँदा पनि सहकारीका प्रबन्धकले उन्मुक्ति पाउँदै आएका छ्न् । जिल्लाको रुरुक्षेत्र गाउपालिका ५ रानिबासस्थित श्रीनेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन प्रबन्धक द्रोणाचार्य ज्ञवाली करोडौँ ठगेको आँफै स्विकार गरे पनि उन्मुक्ति पाउँदै आएका हुन् ।

Advertisement

केन्द्रमा कुनै नेताले ठगी गरेको जग्गा फिर्ता गरेपछी उन्मुक्ति पाएझै गुल्मीको एक सहकारी संस्थामा कार्यालय प्रबन्धकले करोडौ ठगी गरेर पनि उक्त रकम फिर्ता गर्न्र सर्तमा संचालक समितिबाट उन्मुक्ति पाउँदै आएका छ्न् । जिल्लाको रुरुक्षेत्र गाउपालिका ५ रानिबासस्थित श्रीनेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन प्रबन्धक द्रोणाचार्य ज्ञवालीले करोडौ ठगेको आफै स्विकार गरे पनि उन्मुक्ति पाउदै आएका हुन ।


Advertisement
Advertisement
Advertisement

२०६३ सालदेखी २०७६ साल सम्म प्रबन्धक छदा ज्ञवालिले शेयर सदस्यहरुले तिर्ने रिण (किस्ता र बचत गर्दा अधुरा र नक्कली भौचर बनाइ हजारौ सदस्यको एक करोड ५६ लाख ७० हजार ठगी गरेको त्यस सहकारी संस्थाले गठन गरेको छानिविन समितिले २०७६ सालमा संचालक समितिलाइ प्रतिवेदन बुझाएको थियो । समितिले प्रबन्धक ज्ञवालीलाई स्पष्टीकरण लिँदा उक्त रकम हिनामिना पारेको स्विकार गरि तिर्ने भाका मागेका थिए ।

संचालक समितिले उक्त रकम फिर्ता पाउने भए पछि सहकरी ठगी मुद्दा दिने चेस्ट नगर्दा कानुनतः ठगी मुद्दा खेप्न पर्ने ज्ञवालीले उन्मुक्ति पाउने अवसर पाएका हुन् । पट्क पटक भाका माग्ने ज्ञवालीले अहिलेसम्म जम्मा ४९ लाख ७७ हजार तिरेका छ्न् भने एक करोड २४ लाख ७६ हजार १८५ रुपैयाँ तिर्न बाँकी छ । ज्ञवालीबाट रकम उठन ढिला भएको र सहकारीका सदस्यहरुको दबाव खेप्न नसकेपछी यहि जेठ २८ गते संचालक समिती जिल्ला प्रशासनमा आएको थियो ।

समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसिले ज्ञवालीले ज्ञवालीलाई रकम भुक्तानी गर्न दबाव दिएका थिए । तर फेरि ज्ञवालीले २०८० असार २७ गते पूरा भुक्तानी गर्ने सर्त सहितकको उक्त रकमको तमसुक बनाइएको छ ।
२०७५/०७६ सम्म खातामा लिखत कारोबार भैरहेकोमा सोही आर्थिक वर्षबाट कम्युटर सफ्टवेयर सिष्टमबाट कारोवार सुरु भएपछि प्रबन्धक ज्ञवालीले करोडौ ठगेको पोल खुलेको हो ।

हाल १७११ जना सहकारीमा सदस्य छ्न । त्यति धेरै जनाको करोडौ ठगी गर्ने ज्ञवालीलाई संचालकले अदालतमा किन मुद्दा दिएनन् भन्ने सवाल पनि शेयर सदस्यहरुले उठाएका छ्न । कसरी ज्ञवालीले त्यति ठूलो रकम ठग्न सके त भनेर हामिले समितिका सहसचिव मिनप्रसाद ज्ञवाली र बर्तमान प्रबन्धक रामहरी ज्ञवालीलाई सोधेका थियौ ।
संचालक समितिका उपाध्यक्ष नारायण पौडेल छानवीन समितिका संयोजक थिए । त्यति ठूलो रकम ज्ञवालीले हिनमिना गरेको पुष्टि भएको सुनाए ।

ज्ञवालीलाई ठगी विरुद्धको कानुनी कार्बाही अगाडि नबढाइ उप्त रकम फिर्ता गत्ने सर्तमा उन्मुक्ती दिनु भनेको चोरले चोरेको नगद वा जिन्सि फिर्ता गरेर उन्मुक्ति दिनु हो र अझ पेशेवर चोरहरुलाइ प्रोत्साहित गरिनु पनि हो । अध्यक्ष तोयनारायण उक्त आरोप गलत भएको र समिति कै पहलमा यति ठूलो रकम हिनामिनाको रहस्य बाहिर ल्याइएको प्रतिक्रिया दिए ।
जिल्लामा सहकारीको रकम हिनामिना गर्नेहरुलाई यसरी फिर्ता गरे पछि उन्मुक्ति दिने नजिर बसेपछि अन्य सहकारी संस्थामा पनि प्रबन्धकले लाखौ रकम ब्यकितगत प्रयोजनमा खर्च गर्ने गरेको उदाहरण अरु पनि छ्न् । सहकारीका कतिपय प्रबन्धकका रातौरात जिवनशैलिमा फेरिएका , चिल्ला गाडी र आलिस्जान महल ठडिएको पनि देख्न सकिन्छ । यसर्थ देशभरका सहकारिको गतिविधिमा सरकारले छानवीन सुरु गर्नु पर्ने माग उठेको छ । अरुको कुरा छाडौ नेकपा एमालेबाट बिजयी ढोरपाटन नगरपालिकाका मेयर जस्ता जिम्मेवारी ब्यक्तिले नै हजारौँ शेयर सदस्यहरुको करोडौ रकम हिनामिना पारेर अहिले फरार छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad