Advertisement
विज्ञापन

अस्थिर वामदेव : ओलीलाई शक्तिशाली बनाए, प्रचण्ड–माधवलाई उक्साए



Advertisement
विज्ञापन

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम एउटा अस्थिर एवं ढुलमुले चरित्रका रूपमा परिचित छन् । तत्कालीन एमालेभित्र दुई लाइन संघर्ष हुँदा महासचिव माधव नेपाललाई उनले साथ दिएका थिए ।

एमालेका संस्थापक केन्द्रीय सदस्य रहेका गौतममाथि अस्थिरताभित्र फाइदा लिने अवसरवादी नेता भएको आरोप लाग्दै आएको छ । २३ फागुन, २०७८ मा नेकपा विघटन भएपछि नेकपा एकता राष्ट्रियान अभियान सञ्चालन गरेका उनले गत वर्ष स्थानीय तहको निर्वाचनपछि नयाँ दल खोले।


Advertisement
Advertisement
Advertisement

एमालेको बैशाख (२८–३०)सम्म केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ७० वर्षे उमेर हदको व्यवस्था विधानबाट निलम्बन गरेको सर्कुलर जारी भएपछि उनी फेरी एमाले फर्किन तम्सेका छन् । बुधबार राष्ट्रिय सभा बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू एमाले फर्किने जानकारी दिए ।

‘उमेरहद हटाइएको अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमै फर्किन्छु । मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमती(तुलषा थापा)लाई पठाउँछु, सदस्यता नवीकरण गर्छु । तर एमाले अध्यक्ष ओलीले मेरै लागि उमेर हद हटाएको घोषणा गर्नुपर्छ,’ उनले भने ।

गौतमको अभिव्यक्तिप्रति अध्यक्ष ओलीले उनको सदस्यता एमालेमै सुरक्षित रहेको व्याँग्य गरेका थिए । एमाले फर्किने गौतमको अभिव्यक्तिसँगै उनको विगतको अस्थिर र अवसरवादी चरित्र पुनः उजागर भएको आलोचकहरूले बताएका छन् ।

२०४७ मा तत्कालीन माले र माक्र्सवादीबीच एकता भइ एमाले गठन हुँदा उनी केन्द्रीय सदस्य भएका थिए । २०५१ को मनमोहन नेतृत्वको नौ महिने सरकारको बेला उनी उपमहासचिव भएर पार्टी हाँकेका थिए । ५० को दशकमा गौतम लोकप्रियताको ग्राफ ह्वात्तै बढेको थियो । पार्टीभित्र उनी निर्णायक शक्ति थिए । उनको बढ्दो शक्तिलाई लिएर शसंकित भएका ओली समूहकै दबाबमा उपमहासचिव पद खारेज गरेको उनले आरोप लगाउँदै आएका छन् । एमालेमा ओली र गौतमबीच कहिल्यै पनि सम्बन्ध राम्रो हुन सकेन । पार्टीभित्र ओली समूहले आफूलाई निकै पेल्ने गरेको यसअघि उनले गुनासो गर्दै आएका थिए । २०५४ मा महाकाली सन्धि हुँदा ओली समूह र सीपी मैनाली समूह बीचको अन्तर्विरोध उत्कर्षमा पुग्दा गौतमले मैनालीलाई साथ दिएका थिए । अन्ततः पार्टी नै विभाजित भयो ।

नेकपा(माले) पुनर्गठन गरी उनी महासचिव बने । तर २०५६ को संसदीय निर्वाचनमा मालेले निल खाएपछि २०५८ गौतम समूहका नेताहरू पुनः एमाले फर्किएका थिए । पार्टीभित्र गौतमको आगमनलाई ओली समूहले रूचाएको थिएन । तत्कालीन महासचिव नेपालकै जोडबलमा उनलाई पार्टीमा स्वागत गरिएको थियो । त्यसपछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेले  । त्यतिबेला उनलाई ओली समूहले माओवादी परस्तको आरोप लगाएर कमजोर बनाउन खोजेको उनी निकट नेताहरूको गुनासो छ । २०६६ सालमा माओवादीको सहयोगमा माधव नेतृत्वको सरकार ढालेर झलनाथलाई सरकार बनाउन गौतमले प्रमुख भूमिका खेलेका थिए । उक्त घटनापछि पार्टीभित्र ओली–माधव समूह उनीसँग निकै चिढिएका थिए । २०६५ मा बुटवलमा भएको ८ औं महाधिवेशनमा उनले माधवलाई अध्यक्षबाट हराएर बदला लिएका थिए ।

२०७१ मा काठमाडौंमा भएको ९ औं माहाधिवेशनमा उनै कटु आलोचक ओलीलाई अध्यक्षमा जिताउन मूख्य भूमिका खेले । त्यतिबेला माधबलाई हराउन खनाल र गौतमबीच अघोषित गठबन्धन गरेको आरोप लागेको छ । ओली र माधव प्यानलबाट फाइदा लिन दुवैतर्फ आफ्ना आधाअधा माहाधिवेशन प्रतिनिधि खटाएर पदको बार्गेनिङ गरेको माधव निकट नेताहरूको आरोप छ । ९ औं माहाधिवेशनमा उनीसँग करिब २०० को हाराहारीमा प्रतिनिधि रहको अनुमान गरिएको छ । माधव ओलीसँग जम्म ४४ मतान्तरले पराजित भएका थिए । सोही महाधिशनबाट शक्तिमा आएका ओली अन्ततः पार्टी विभाजनको कारक बन्न गएको माधव–झलना समूहको आरोप छ । त्यसपछि कहिले ओली, कहिले माधव र कहिले प्रचण्डलाई उचालेर नेकपा समाप्त पार्न खोजेको आरोप उनीमाथि छ ।

वामदेवबारे कसले के भने ?

२०४८ देखि संसदीय राजनीतिमा सक्रिय रहेका गौतम एमाले संगठन विभाग प्रमुख भएपछि शक्तिशाली भएका थिए । नेकपा गठन अघिसम्म पनि उनी एमालेको शक्तिशाली संगठन अखिल नेपाल किसान महासंघका अध्यक्ष थिए । उनी लामो समय पार्टीका वरिष्ठ उपाध्यक्ष रहे । ३ जेठ, २०७५ मा एमाले र माओवादीबीच एकता भइ बनेको नेकपा बनेपछि उनी झनै शक्तिशाली भए । ७ वटा संसदीय निर्वाचनमा गौतम बर्दिया–१ बाट २०४८ र २०५१ मा दुईपटक विजय भए । प्यूठान–१ बाट २०७० मा विजयी भए । २०५६, २०६४ र २०७४ मा बर्दिय–१ बाट पराजित भए । राष्ट्रिय सभा सदस्य रहेका गौतम २०७९ मा चुनावमै भाग लिएनन् ।

नेकपाभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड–माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेको देखिन्छ । वामदेव एमाले जाने चर्चासँगै एकीकृत सामजवादीका नेताहरूले प्रतिक्रिया दिएका छन् । नेकपा एसका स्थायी कमिटी सदस्य दिलु पन्तले वामदेव अस्थिर चरित्रका नेता भएको टिप्पणी गरेका छन् ।

‘अस्थिर चरित्रका वामदेव जता गएपनि काम छैन । नेकपा हुनुपूर्व उनले के के गर्नुभयो सबैलाई थाहा छ । कहिले प्रचण्डकोमा गएर ओलीविरूद्ध उचाल्ने, कहिले प्रचण्डविरूद्ध ओलीलाई उचाले, फेरी माधवाकहाँ आएर म तपाईंकै साथमा छु भन्दै ओली–प्रचण्डविरूद्ध खेल्ने काम गरे, त्यसपछि राष्ट्रपतिबाट मानेनित भएर राष्ट्रिय सभा सदस्य उम्काए’, उनले भनिन्, राष्ट्रिय सभा सदस्य भएपछि प्रधानमन्त्री नै चाहिन्छ भन्नुभयो । नेकपा विभाजन पछि दिनहुँजस्तो हाम्रो पार्टी कार्यालयमा आएर सुझाव दिने गर्थे । चुनवाको बेला गीत नै लेखे । अहिले फेरी एमाले फर्किन लागेको कुरा सुन्दा उनमा पुरानो रोग गएकै रहेनछ ।’

वामदेवलाई नेकपा एसभित्रकै केही नताहरूले समेत उचाल्ने काम गरेको आरोप लगाइन् । उपाध्यक्ष केशवलाल श्रेष्ठले वामदेवलाई उचाल्ने काम गरेको र उनी आफै केहीदिन अघि ओलीसँग भेट गरेको जिकिर गरीन ।

‘एक अर्कालाई उचाल्ने काम मात्र भएको छ । यी सबै पदको बार्गेनिङ हो । नवौं महाधिवेशनमा उहाँहरूले आफ्नो पक्षका प्रतिनिधि भेला गरेर दुवैतिर आदाआदा बसेर बार्गेनिङ गरेका थिए । जता बसेपनि भोट एकै ठाउँमा हाल्ने रणनीति बनाए । माधव कमरेडलाई हराउन भूमिका खेले । उहाँहरूको नेचर भनेको बार्गेनिङ गर्ने, अस्थिरता मच्चाउने फाइदा लिने हो । यस्ता चरित्रका नेताका कारण कम्युनिस्ट पार्टी फुटेको हो । पछिल्लो समय उनले श्रीमतीका लागि बार्गेनिङ गर्न थालेका छन्’, उनले आरोप लगाइन ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले वामदेव एमाले फर्किए स्वागत गर्ने बताए । अब एमाले फर्किएपनि पाार्टीभित्र गुटबन्दी गर्न नसक्ने उनको जिकिर छ । उनी अस्थिर नेता भएपनि आफ्नो पदमा बसेर काम गर्ने बताए ।

‘वामदेव कमरेड पार्टीमा फर्किनुहुन्छ । एमालेले उहाँलाई स्वागत गर्छ । उहाँ एमाले फर्किएपनि केही गर्न सक्नुहुन्न्’, उनले भने, ‘उहाँ अस्थिर नेता हुन् । आएर थपक्क आफ्नो पोजिसनमा बस्ने र काम गर्ने हो । उहाँ कतिन्जेल रहनुहुन्छ एमाले भएर बस्नुहुन्छ । उहाँले पार्टी भत्काउने सम्भावना छैन ।’

तर नेताहरूको आरोपका सम्बन्धमा नेकपा एकता राष्ट्रिय अभियानका नेता दीपक टमटाले पार्टी एकताका लागि भएको प्रयासलाई नराम्रो भन्न नमिल्ने तर्क गरेका छन् । तर पछिल्लो समय कुनै निर्णयका विषयमा आफूसँग कुनै सल्लाह नहुने उनले बताए ।

‘एमाले फर्किन्छु भन्ने समाचार मैलेपनि सञ्चारमाध्यमबाट सुनेको हो । हल्ला हो कि सत्य हो उहाँले हिजो बोल्नुभएको छ । यस विषयमा मसँग कुनै सल्लाह भएको छैन’, उनले भने, ‘तर एमाले फर्किनेबारे तिथी मिति कुनै तय भएको मलाई थाहा छैन । हामीले हस्तक्षेप गर्ने कुरा आएन । एमाले उहाँले पनि निर्माण गरेको पार्टी हो । विभाजित भएर कम्युनिस्ट पार्टी बन्दैन ।’

उनले नेकपा होइन, एमाले ब्यूँतिएपनि ठूलो कुरा बताए । विधान ६४ भएको उमेर हद सम्बन्धित व्यवस्थालाई एमालेले निलम्बन गरेको भनिएको छ, त्यो मुकुन्द कमरेडलाई हो कि वामदेवलाई हो थाहा नभएको उनले बताए । एकीकृत समाजवादीमा जबज मार्गदर्शक सिद्धान्त राख्न नमानेकाले पार्टी एकता नभएको उनको भनाइ छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad