Advertisement
विज्ञापन

बोटबाटै लिच्ची बिक्री भएपछि चापाकोटका कृषक दङ्ग



Advertisement
विज्ञापन

चारैतिर अग्ला पहाड । पहाडको बीचबाट सुसाउँदै बगेकी कालीगण्डकी नदी । तराई जस्तै समधर भूभाग । मौरी र अरिङ्गालको घनुघन आवाज । घर अगाडि लटरम्मै फलेर पाकेका राताम्मे लिच्चीहरु । यो दृष्य हो चापाकोट नगरपालिका ९ का कृषक धुब्रडोटेलको बगैँचाको ।

२०३१ सालमा आँप र लिच्चीलगाउनु भएका डोटेलको घर अगाडिको बगैँचामा अहिले १६ वटालिच्ची र २४ वटा आँपका बोटहरु छन् । बोटमा लटरम्मै फलेका लिच्चीहरु पाकेर राताम्मे भएका छन् । बगैँचामा भएका १६ वटा लिच्चीका बोटमध्ये उहाँले ८ वटा ठेक्कामा बिक्री गरिसक्नुभएको छ भने आठ वटा बोट खुद्रामा बिक्री गर्न र घरमा आएका आफन्तलाई दिनका लागि राखेको बताउनुभयो । एक किलो लिच्चीलाई गतवर्ष ८० देखि ९० रुपैयाँसम्ममा बिक्री गर्नुभएका डोटेलले यस वर्ष एक सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ । गतवर्ष करिव एक लाखको लिच्ची बिक्री गरेको बताउनुभएको डोटेलले यस वर्ष गतवर्षभन्दा बढी लिच्ची फलेको हुँदा दुई लाखको अनुमान गर्नुभएको छ ।


Advertisement
Advertisement
Advertisement

त्यसैगरी २०३२ मा आँप र लिच्ची लगाउनु भएका प्रेमचन्द्र भट्टराईले गतवर्ष दश हजारको लिच्ची घरबाट बिक्री गरेकोमा यो वर्ष रु ३० हजारको बिक्री गरेको बताउनुभयो । गतवर्ष त फुटकर बिक्री गरेको थिएँ । बिक्री गर्न पनि गाह्रो थियो । यो वर्ष बगैँचामा रहेको सबै बोट ठेक्कामा व्यवसायीलाई बिक्री गरेँ ।गतवर्ष जस्तो यो वर्ष बर्षात् नहुँदा लिच्चीको दाना सानो भए पनि राम्रो फेलेको भट्टराईको भनाई छ ।

images

चापाकोट नगरपालिका ९ का रामु बस्याल पनि बोटबाटै लिच्ची बिक्री हुँदा दङ्ग पर्नुभएको छ । मैले दुईवटा बोटबाट प्रति किलो एक सयका दरले ६० किलो लिच्ची बिक्री गरिसकेँ दश किलो अर्डर भएको हुनाले राखिदिएको छु । यो वर्ष सजिलै लिच्ची बिक्री भएको छ । गत वर्ष २० वटा लिच्ची र आपँको विरुवा लगाउनुभएका बस्यालले यो वर्षपनि थप लगाउने योजना बनाएको बताउनुभयो ।

चापाकोट नगरपालिकाका कृषि शाखा प्रमुख दिपक खड्काले पालिकाले कृषकसूचीकरण अभियान भइरहेको बताउनुभयो । अहिलेसम्म झण्डै १३ सय घरधुरीको सर्वेक्षण सकिसकेका छौँ । कृषकको सूचीकरण नहुँदा कति आँप र लिच्चीबाट वार्षिक कति आय हुन्छ भनेर अनुमान गर्न सक्ने अवस्था नभएको उहाँको भनाई छ । उहाँले पाँचवर्षे रणनीति बनाएर लिच्ची, आँपका कृषकलाई व्यवसायकि रुपमा कसरी लैजान सकिन्छ भनेर प्रदेश सरकारको कृषि सचिवसँग छलफल गरेर अगाडि बढेको बताउनुभयो । अहिलेसम्म चापाकोटमा उत्पादन भएको लिच्ची आसपासको क्षेत्रमा बोटबाटै बिक्री वितरण भएको र बजारीकरणको समस्या नभएको कृषि शाखा प्रमुख खड्काले दाबी गर्नुभयो ।

चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (इश्वर)ले पालिकाकोवडा नं ८, ९ र १० मालिच्चीकोप्रचुर सम्भावना भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले यो वर्ष पनि गतवर्ष जस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जासँग सहकार्य गरेर पालिकाको समधर भूभागमा व्यवसायिक रुपमा लिच्ची खेतीलाई अगाडि बढाउनको लागि एक घर एक लिच्ची नभएर एक घर दश लिच्चीको अवधारण बनाएर अगाडि बढ्न लागेको छौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाका प्रमुख माधव लम्सालले चापाकोट र गल्याङ नगरपालिकाको समथर भूभागमा लिच्ची आँप जोन कार्यक्रम अन्तर्गत गतवर्ष छ हजार आँप र चार हजार लिच्चीको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिनुभयो । यो वर्ष बीस हजार आँप र लिच्चीको विरुवा वितरण गर्ने लक्ष्य रहे पनि अहिलेसम्म १२ हजारको मात्रै माग आएको उहाँको भनाई छ ।

हामीले मौसम अनुकुल हुनासाथ लिच्ची र आँपको विरुवा खरिद गरेर अनुदानमा वितरण गर्ने तयार गरिरहेको छ । अनुकुल मौसमको प्रत्यक्षमा छौँ । अहिले वितरण गर्न लागेको विरुवाले तीन वर्षदेखि नै फल दिने हुँदा कृषकले छोटोसमयै मनग्य आम्दानी गर्न सक्ने उहाँको भनाई छ ।

यस क्षेत्रमा उत्पादन भएको लिच्ची र आँप बुटवल, पोखरा, काठमाडौं लगायतको शहरहरुमा बिक्री हुने गर्दछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad