Advertisement
विज्ञापन

गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट



Advertisement
विज्ञापन

आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकार बाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ । मुसिकोट नगरपालिकामा ४७ करोड ९७ लाख विनियोजन भएको छ ।

त्यस्तै दोस्रो नम्बरमा धुर्कोट गाउँपालिका रहेको छ । जिल्लाका अन्य ९ वटा गाउँपालिका र रेसुङ्गा नगरपालिकालाई समेत पछि पार्दै धुर्कोटले ४० करोड २७ लाख रकम ल्याउन सफल भएको छ ।
गाउँपालिकाको राम्रो कार्य सम्पादन ,प्रगति विवरण भएका कारण धेरै बजेट विनियोजन भएको अध्यक्ष भुपाल पोख्रेलले बताए । पोख्रेलको यो दोस्रो कार्यकाल हो ।


Advertisement
Advertisement

त्यस्तै रेसुङ्गा नगरपालिकामा ३९ करोड २५ लाख विनियोजन हुँदा , इस्मा गाउँपालिकामा ३२ करोड चार लाख,कालीगण्डकी गाउँपालिकामा ३५ करोड ९० लाख, गुल्मीदरबार गाउँपालिकामा ३२ करोड २१ लाख,चन्द्रकोट गाउँपालिकामा ३६ करोड १३ लाख,छत्रकोट गाउँपालिकामा ३९ करोड ३८ लाख,मदाने गाउँपालिकामा ३३ करोड ७३ लाख,मालिका गाउँपालिकामा ३८ करोड ८२ लाख,रुरुक्षेत्र गाउँपालिकामा ३७ करोड ३७ लाख, सत्यवती गाउँपालिकामा ४० करोड तीन लाख रकम विनियोजन भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement