Advertisement
विज्ञापन

बडीगाड खोलामा मनपरी दोहन : प्राकृतिक स्वरुप क्षतविक्षत



Advertisement
विज्ञापन

बडीगाड नदीमा ढुंगागिट्टी  बालुवा उत्खनन् मनपरी भइरहेको   यो मनपरीलाई स्थानीय तहले आँखा चिम्लिएरसाथ दिएका छन्  स्थानीय सरकारले ठेकेदारलाई साथ दिदा नागरिकको उठीबास लाग्न थालेको  

मुसिकोट नगरपालिकाको भुवाचिदीइन्द्रेगौंडाझक्कलेगुल्मी दरबार गाउँपालिकाको सेराचन्द्रकोट गाउँपालिकाको भुजुंगेमाठेकेदारले मनपरी उत्खनन् गरेका छन्  स्काभेटर प्रयोग गरेर मनपरी उत्खनन् गर्दा स्थानीय तहले रोक्न सकेका छैनन् 


Advertisement
Advertisement
Advertisement

ढुंगागिट्टीको ठेक्का दिने काम स्थानीय तहले गर्दछन् राजस्व संकलन गर्नका लागि ठेक्का लगाएका स्थानीय तहले मनपरी भएकोजानकारी पाउँदा समेत रोक्न सकेका छैनन्  उनीहरुले उत्खनन् भएको ठाउँमा प्राविधिक टिम लगेर अनुगमन गर्ने काम गरेका छैनन् 

मुसिकोट नगरपालिका झक्कलेमा नदी किनारमा घर हुनेहरु रातमा डोजर चलेको आवाजले सुत्न सकेका छैनन्  तीब्र कटान उत्खनन्ले बस्ती जोखिममा परेको स्थानीय बासिन्दाको भनाई  

बडीगाड नदीले कटान गर्दा एक दर्जन घर परिवारको १५ रोपनी खेत बगर बनाउँदा थप जोखिम रोक्न सरकारले ध्यान नदिएको स्थानीयलक्ष्मी भण्डारीले बताइन 

 तटबन्ध गरी बस्ती जोगाउन स्थानीय सरकारको ध्यान पुग्ला भन्ने अपेक्षा गरेका स्थानीय बासिन्दाको निद्राअहिले मध्यरातमा चल्ने स्काभेटर  टिप्परको आवाजले बिथोलिदिएको  

नगरपालिका कार्यालयमा गएर पटक— पटक रोक्न भन्यौं तर नगरपालिकाले पैसा उठाउनका लागि हाम्रो कुरा सुनेन् ’—स्थानीयचन्द्रकला राकसले भनिन् 

स्थानीय कुलानन्द खरेलले भने—‘खेतीयोग्य भूमि बगर बन्यो  अहिले मनपरी स्काभेटर चलाएर उत्खनन् गरिएको   नगरपालिकालाईभन्दा वेवास्ता गर्छन्  हामीलाई गुहार कसैले दिएनन् 

गुल्मी दरबार को सेराफाँटमा दुई वर्ष अघि बाढी पसेको थियो  वर्षेनी आउने बाढीबाट जोगाउन यहाँ नियमित तटबन्ध हुँदै आएको  स्थानीय बासिन्दाहरुका अनुसारकेही वर्ष यता भएको उत्खनन्ले नदीले धार फेरिरहँदा जोखिम बढेको   पहिले गरेका तटबन्ध सबैबगाइसक्यो  केही वर्ष यताका तटबन्ध पनि सुरक्षित छैनन् 

नदी खोलामा ढुंगागिट्टी  बालुवा जेठ मसान्तसम्म उत्खनन् गर्न पाउने व्यवस्था  असारदेखि भदौ मसान्तसम्म नदीमा उत्खनन् गर्न रोकलगाइएको   ठेकेदारले जेठ मसान्तसम्म उत्खनन् गरेर नदी किनारमा घाट गद्दी गर्दै आएका छन् 

 घाटगद्दी गरेको सामग्री अरु बेलाबेच्ने गर्छन्  ठेक्का प्रक्रिया अघि बढाउँदा कम्तिमा मंसिरपछि मात्रै नदीमा उत्खनन् गर्न खुला हुन्छ  यही बीचको समयमा घाटगद्दीगरेको सामग्रीलाई महँगो मूल्यमा बेच्ने गर्छन् 

मनपरी उत्खनन् भइरहेकोबारे मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले उठेको विषयवस्तुमा संवेदनशील भएको बताए  उनले भने—‘अनुगमन गरी खेत कटान गरेतिर उत्खनन् गर्न रोक लगाएका छौंराती स्काभेटर  टिप्पर चल्न रोक लगाएका छौं ’ उनले कटानबाटखेतीयोग्य भूमि बचाउन तटबन्ध गर्न बजेट विनियोजन गर्ने बताए 

बडीगाडमा मात्र होइन कालिगडकी नदी किनारमा समेत यसरी नै स्काभेटर चलाएर गिट्टी बालुवा उत्खनन् गरिरहेका छन् कालीगण्डकीगाउँपालिका उपप्रमुख तथा अनुगमन समितिका संयोजक मञ्जुकुमारी दर्लामीले मनपरी भइरहेको दोहन रोक्न पहल गर्ने बताइन 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad