
लुम्बिनी विश्व शान्ति मन्चकाे आयाेजना र अर्घाखाँची प्युठानका युवाहरूको सक्रियतामा अर्घाखाँचीका र प्युठानका केहि विधालयमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ ।कार्यक्रम लुम्बिनी विश्व शान्ति मञ्च का अध्यक्ष बाँसु गाैतम ,उपाध्यक्ष सन्ताेष कुवँर ,सह काेषाध्यक्ष अर्जुन कुवँर लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे हाे ।
आफ्नो अभियान अन्तर्गत प्युठानकाे भुमिकास्थान आधारभुत विधालय ,अमृत जीवन माध्यमिक विधालय ,जनसहयाेगि मा. वि खुङ्ग र अर्घाखाँची मालारानी वडा नम्बर २ अन्तर्गत देउराली आधारभुत विधालय , सरस्वती माता माध्यमिक विधालय र वीरेन्द्र माध्यमिक विधालयमा उत्पेरणात्मक कार्यक्रम सञ्चालन गरिएको हाे | शान्तिकाे प्रतिक मानिने बुद्वकाे बाणिलाई आत्मसाथ गर्दै अरूप्रति सदभाव राखि ,जातिय भेदभाव ,महिला पुरूष बिच रहेकाे असमानता ,धार्मिक भेदभाव सम्बन्धि सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएकाे लुम्बिनी विश्व शान्ति मञ्चले जनाएको छ।
अर्घाखाँची र प्युठान का केही वडाहरूमा केहि दुखि गरिबलाई केही थान लत्ताकपडा वितरण र विधालयमा बालबालिकाकाे आर्थिक ,सामाजिक र नैतिक कुरा ध्यानमा राखि उत्पेरणाा जगाँउने कार्यक्रम गरेकाे सफल युवा व्यवसायी , लुम्बिनी विश्व शान्ति मञ्चकाे सह काेषाध्यक्ष अर्जुन कुवँर ले बताउनु भयाे ।
त्यसैगरि लुम्बिनी विश्व शान्ति मञ्च र राेटरि क्लब अफ कलङ्किकाे सहकार्यमा १० लाख बिरुवा वृक्षरोपण गर्ने अभियान बनाएकाे लुम्बिनी विश्व शान्ति मञ्च अध्यक्ष बासु गाैतमले बताउनु भयाे ।
कार्यक्रम मा स्थानीय बुद्धिजीवी ,शिक्षक ,अभिभावक र विधार्थीले समन्वय कारि भुमिका निर्वाह गरेकाेले सफलता पुर्वक सम्पन्न भएकाे लुम्बिनी विश्व शान्ति मञ्चले जनाएकाे छ ।
अभियान काठमाडौं बाट सञ्चालन गरि प्युठान हुँदै अर्घाखाँची सम्म ल्याउन नेतृत्व दाइ भुमिका निर्वाह गर्ने सफल युवा व्यवसायी,लुम्बिनी विश्व शान्ति मञ्चकाे सह-काेषाध्यक्ष तथा राेटरि क्लब अफ कलङ्किकाे सह -सचिव मालारानी २ निबासि अर्जुन कुवँर हुनुहुन्छ
आगामि दिनमा छुट्टै किसिमको कार्यक्रम गर्ने र समाजसेवा मा सर्मर्पित हुने समाजसेवी कुवँरले बताउनुभयो ।