Advertisement
विज्ञापन

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा सुरु



Advertisement
विज्ञापन

गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी हुनुहुन्छ ।

उहाँले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाँैं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताउनुभयो ।


Advertisement
Advertisement
Advertisement

साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताउनुभयो । सहज उपचारपछि उहाँ राहात मिलेको अनूभूति भएको बताउनुहुन्छ । उहाँहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आउनुभएको छ ।

यसमा पाँचदेखि सात जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराउनुभएको छ । हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताउनुभयो ।

उहाँले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताउनुभएको छ । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

“हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो” उहाँले भन्नुभयो, “गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ ।” नगरपालिकाले गुल्मी अस्पतालाई मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad