मालिका गाउँपालिकाले चैते दशैंको दिन सार्वजनिक बिदा दिने !

गुल्मीको मालिका गाउँपालिकाले (चैत १५) चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।हिन्दुहरुको पर्व चैते दशैंको दिन गाउँपालिका भित्रका विभिन्न मठ, मन्दिरमा धार्मिक पूजापाठ हुनुका साथै मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए ।

चैत १३ गते बसेको कार्यापालिकाको वैठकले उक्त निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तराज भुसालले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

सार्वजनिक बिदाको दिन गाउँपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, शिक्षण तथा स्वास्थ्य संस्थाहरुका साथै अन्य सार्वजनिक संस्थाहरु बन्द हुनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै