फिल्म ‘बहाव’ सेन्सर पास

sfEF

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै सबैले हेर्ने मिल्ने युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो । फिल्म सेन्सर पास भएको निर्माता श्रीधर पौडेलले जानकारी दिएका छन् ।

चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रमोद कँडेलको लेखन÷निर्देशन रहेको छ । सुरक्षाको अलावा फिल्ममा कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

सुजन बडालको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्ममा परिवार भित्रको विद्रोहको कथा प्रस्तुत गरिएको बताइएको छ । फिल्मको वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै