नयाँगाउँका किसानलाई टनेल वितरण

धुर्काेट गाउँपालिका -१ नयाँगाउका ३० जना कृषकलाई प्लास्टिक टनेल वितरण गरिएको छ।धुर्काेट गाउँपालिका -१ काे आब २०७९/०८० काे बार्षिक कार्यक्रम एक घर एक करेसाबारी अन्तर्गत टनेल प्रदान गरिएको वडा अध्यक्ष चेतमान कुवरले जानकारी दिए ।

वडा कार्यालयले निबेदन माग गरे अनुसार ३० जना कृषकले आबेदन पेश गरेता पनि हाल अनुगमनमा जाँदा ९ जनाले मात्र टनेलघर निर्माण गरेकाे र उनिहरुलाई मात्रै टनेल प्रदान गरिएको कृषि प्राविधिक भावना महतले जानकारी दिईन ।

टनेल बुझ्न बाकी रहेका कृषकलाई टनेल घर बनाउन वडाले आग्रह गरेको वडा सचीव नारायण पोख्रेलले बताए । साथै अनुगमन गरेर टनेल वितरण गरिने पोख्रेलले उल्लेख गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै